चोर बाटो अपनाएर भारत अवात जवात गर्नेको संख्यामा अत्याधिक वृद्धि !
काठमाडौ , पर्सा जिल्लामा दिनप्रति दिन कोरोना संख्यमा बढीरहेको छ । २ हजार भन्दा बढी कोरोना संक्रमित भैसकेका छन् ३० जना भन्दा को को मृत्यु भइसकेको छ । विगत ४ महिना को लामो लक डाउन र १ महिना भन्दा बढी को निषेधाज्ञा ले गर्दा एति खेर पर्सा र बारा जिल्लाका जनतालाई जिवन यापन गर्न निकै कठिन भएको छ ।
चैत १० देखि निषेधाज्ञा जारी भए पछि सिमा नाका सिल गर्न सरकारले पत्रचार गरेकोभएता पनि पर्सा र बारा जिल्ला भने लागु हुन सकेको छैन् । बिभिन्न संचार माध्यमद्धारा समाचार आए पछि सशस्त्र प्रहरीका डिआइजि आफै सिमा क्षेत्र को अनुगमन थालेको भएता पनि जनताले भने चोर बाटो अवात जवात गर्नेको संख्यामा वृद्धि भएको छ । यसरी अवात जवात गर्नेलाई कारवाही गर्ने भनेर सन्चार माध्यमलाई जानकारी गराए पनि अवस्था भने जस्ताको तेस्तै छ । श्रावण १० गते लगाईएको निषेधाज्ञा लिई थप परिमार्जन गर्दै सेना समेत परिचालन गरिएको वीरगन्ज बजार पुनरुपमा बन्द भएता पनि सिमा क्षेत्रमा भने चोर बाटो अपनाएर आवत जावत गरिरहेका छन् ।
वीरगन्ज बजार बन्द भएकोले घराईसि समान चामल , दाल, चिनि आदि खाने कुरा र खेतमा किटनाशक औषधि लिनलाई गाएको जनताको बताएका छन् । भने भारतीय बजार रक्सौल मा पनि निकै नै चहल पहल देख्न सकिन्छ ।