प्रधानसेनापति थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएपछि तीन मन्त्री र सेनापति होम आइसोलेसनमा बसेका थिए । तर प्रधानसेनापति थापाको शनिबार नेगेटिभ रिपोर्ट आएको सैनिक स्रोतले बताएको छ ।