Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समुदायस्तरमा कोरोना न्यून : निको हुदै घर फर्किदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १२ २०७७
  • 7.9K
    SHARES

समुदायस्तरमा कोरोना न्यून : निको हुदै घर फर्किदै !

 
बर्दिया भदौ ११,समाचारदाता

राजापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले राजापुरमा व्यापारी र अन्य समुदायका करीब २०० जनामा पि सी आर परिक्षण गर्दापनि समुदायस्तरमा कोरोनाको संक्रमण हाल न्यून रहेको बताउनु भयो | हाल सम्म कुनै विरामीको चिन्ताजनक अवस्था नहुनुको कारण आइसोलेशनमा सन्तुलित खाना र उपचार बिधि नै रहेको बताउनु भयो | हाल सम्म उपचार पछि २५ जना अमर शहिद श्री दशरथ चन्द मावि आइसोलेशन केन्द्र बाट आ-आफ्नु घर फर्किसकेका छन् | आरडिटि र पिसिआर परिक्षण २५५२ जनाको आजको मिति सम्म भइसकेको जानकारी फोकल पर्सन हरिलाल चौधरी दिनु भयो |निको भई घरफर्केकाहरुको हाल सम्म पुन: कुनैपनि लक्षण नदेखिकाले तिनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको देखिन्छ | हाल १० जनाको उपचार भइरेको छ | वहाहरुको स्वास्थ्य   अवस्था सामान्य रहेको छ | हिजो मात्र कन्ट्रायक टेसिङ्गको क्रममा राजापुर नगरपालिका वडा न ४ दलै गाउका ५ वर्षको बालकलाई कोरोना पोजिटिभ भएको छ |

अझै सही सुचना बिरामीले नदिने हुदा प्रभावकारी ढंगबाट टेष्टिङ्ग गर्न नसकेको कुरो प्रमुख अर्याल बताउछन् | खास गरि भारत बाट नेपाल आउने मानिसमा कोरोना पुष्टि भएकको छ भने फाटफुटरुपमा लकडाउन खुल्ला भएपछि भारत र छिमेकी जिल्लाका संमक्रमित व्याक्तिको संम्पर्कमा प्रत्यक्षरुपमा आउने मानिसमा कोरोना देखिएको छ | समुदाय स्तरमा लकडाउन खुलेपछि भयाभव अवस्थामा कोरोना हाल नफैलिए पनि व्याक्तिहरुले स्वास्थे र सरकारी नियमको पालना गर्दै आफ्नो दैनिकी संचालन गर्नु पर्ने सुझाव नेपाल रेड्क्रस सोसाइटि राजापुर क उपशाखाका सचिव सुर्य घिमिरेको रहेको छ | गत बैशाखको अन्तिम सातादेखि राजापुर नगरपालिकाले एक एक वटा क्वारेनटेन र आइसोलेशन सेन्ट्रर ( अस्थायी अस्पताल ) संचालन भई कोरोना रोकथाम र उपचारमा कार्य गरिरहेको छ |

कोरोना निको भई घर फर्किएका वडा न तिनका खुशी चौधरी ( नाम परिवर्तन ) भन्दछन सन्तुलित खाना र आत्मबलका कारण मैले त कोभिटलाई पछारीँ |
यसैगरि गेरुवा गाउपालिकामा हाल सम्म ३१ जना पोजिटिभ रहेकोमा २९ जना निको भई घर फर्किसकेको र २ जनाको उपचार भईरहेको जानकारी स्वास्य्९ प्रमुख नारायण परसाद भण्डारीले जानकारी दिनु भयो | साथै हाल सम्म गाउपालिकामा ११८२ राडिटि र ६७७ पिसिरा विधिबाट परिक्षण गरिएको छ | जम्मा १८५९जनाको कोरोना परिक्षण भईसकेको छ |

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४