Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना को जन्जिरमा अल्झिएका देश मध्ये आज नेपालले पनि अरु देशलाई उछिनेको छ !,


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १२ २०७७
  • 11.9K
    SHARES

शत्रु  गुन्जा 

 

कोरोना को जन्जिरमा अल्झिएका देश मध्ये आज नेपालले पनि अरु देशलाई उछिनेको छ ,
एक दुई गर्दा गर्दै आज हजारोैको सङ्ख्या मा नेपाल पनि परेको छ तर गल्ति हामी बाटै भएको हो कोरोना त रोग हो यो जस्लाई र जत्ति बेला पनि लाग्न सक्छ तर हामी अबुझ भयोै केपि बा को बेसार पानी लाई खिल्लि उडाउने हामी ल अब खिल्लि उडाउ , तातो पानिमा बेसार हालेर खानु यो कुनै नराम्रो कुरा त पक्कै पनि थिएन स्वास्थ लाई राम्रो हुने कुरा गरेका केपि बा आज देश पुरै कोरोना को नदिमा डुबिरहेको छ , सुन्नुस अरुले के गरे हैन अब मैले के गर्नु पर्छ आफ्नो देशको निम्ति भनेर सोच्नुस अनि अगाडि बड्नुस्,
देश त यसै पनि भ्रष्टचार ले डुबिरहेको थियो झन् बहाना बन्यो कोरोनाको,
कुनै बेला महाकवि लक्ष्मि प्रसाद देवकोटा ले भनेको थिए

(हातको मैला सुनको थैला के गर्नु धनलेसाग र सिस्नु खाएको बेश आनन्दि मनले)

हो अब यहीँ कुरालाई पालना गर्नु पर्ने अवस्था आएको छ आफु आफैमा जोगिनु पर्नेछ, मर्दा पनि कहालि लाग्दो तरिका ले मरिने यो रोग सङ्ग आफै सज्जग रहनु पर्नेछ ,
एक आपसमा टासिं मिलेर हैन फाटिएर मिल्न जरुरि छ हुनेले नहुने लाई सहयोग गरोै भिडभाड नगरोै सके त घर भित्र नै बसोै तर कत्ति परिवार लाचार छन् कत्ति गरिबी भित्र गुम्सिएका छन् जो बिहान काम गरि बेलुकाको छाक टार्ने गर्दछन् हो यस्ता व्यक्ति हरुलाई निकाय समुदाय या त अन्य नगरपालिका हरुले खोजि खोजि सहयोग गरोै व्यवस्थापन मिलाइयोस् जहाँ क्वारेन्टाइन मा राखिन्छ त्यहाँ हेरबिचार गरियोस् , अत्ति नै महत्त्वपूर्ण रहेको छ आजको समय जहाँ हामी हामी बाट नै जोगिनु पर्दछ ,
अर्को महत्त्वपूर्ण कुरा भनेको देश बाहिर रहेका नेपाली हरु जो काम बाट बन्चित भएर समय सकिएर अनि कम्पनी नराम्रो भएको कारण यसै त्यसै बिचल्ली मा छन् अनि नेपाल आउने थोरै खर्च राखेर भनोै या जुटाएर बसेका छन् तर कुनै होटलवाला ले आफ्नो दर (रेट) तोकेर बसेको छ के बिदेशमा त्यत्ति धेरै पैसा फल्छन र माननीय साथै यो बिषयमा त सरकार सरोकार र एम बि सि ले जिम्मा लिनु पर्ने हैन र यतिन्जेल रेमिटेन्स ले त तिमिहरु पालिएकै थियोै तर आज प्रदेशमा नेपाली मार्का पर्दा के उसैले सबै थोक गर्नु पर्ने होटेल खर्च क्वारेन्टाइन खर्च जहाज खर्च अनि चेकजाच खर्च के व्यक्ति ले नै भुक्तान गर्नु पर्ने तिमिहरुलाई अलिकति पनि सरम छैन कठै मेरो देश घर सम्म पुग्दा त मानिस को सास मात्र पुग्ने रहेछ क कत्ति कमाई हुन्छर बिदेश बस्ने नेपालिको ती माथि घर परिवार लाई हेर्नू पर्ने व्यक्ति सङ्ग त झनै के हुन्छ र तर आज लुट्न बसेका नेपाल का दलालि हरु दलनेता हरु यहीँ को पसिना ले हो तिमिहरुको भुडि लागेको बोसो मोट्टाएको यो कुरा कहिले बुझ्ने तिमिहरुले|
कस्ले सोच्ने के अनि कस्ले बिचार गर्ने यो घटना हरु प्रति तेरो देशमा कोहि धनि छैनन् तै पनि धनि छैनस् तर तेरो हात मा खुबि छ यसलाई नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने, त्यो कुर्सी बस्नकै निमित्त बनाईएको हेैन सबै नेपाली हरुको लागि हो के यहि हो स्वतन्त्र के यहीँ हो स्वतन्त्रता कि यहीँ हो राजनिति सत्तरी असि करोड को गफ लाउने तिमी तिम्रो नाम हाउडे बा हुनु पर्ने कोरोना को जडि बेसार पानी मात्र हैन यो तिमिलाई ज्ञान रहोस् , तिमिलाई हामिले बनायोै आज को यो अवस्था मा तिमिले हामिलाई बनाउनु पर्छ , रेल चाहिदैन जडि पनि नदेउ तर यो अवस्था मा दुखमा परेका हरेक कोहि को जिम्मेवार तिमी हुनु पर्छ ना कि स्वयंम देश अनि आफ्नै देशवासि लाई तिमिले गर्नु पर्छ आज उजागर तिमी हुनु पर्छ नियम त लगायोै लकडाउन तर यो लकडाउन ले गर्दा कत्तिको पेट भोको भएको छ के यो तिमिलाई अलिकत्ति पनि थाहा छ,
( हुनेहरु हरेक दिन मोज गर्दैछन्
नहुने त मर्नलाई सोच गर्दैछन् )
मजाक हैन यो तिम्रो चुट्किला पनि हेैन अब लकडाउन ले मात्र परिवार पनि त चल्देैन केही खास गर्नु पर्यो सम्मानित पदको लाज राख्नु पर्यो प्रधानमन्त्री ज्यु हामिलाई अहिले सुख चाहिदैन तर भोक भोकै कोहि पनि मर्नु नपरोस् यो अवस्थामा गम्भीरतापूर्वक सोच्नु होला यो कुनै नाटकि खेल हैन जहाँ छ सय एक बिच खेल्ने गरिन्छ,
सरकार ले मात्र गर्ला कि भनेर जनता पनि आशमा भने नरहु होला आफुले जत्ति सम्म गर्न सकिन्छ आ-आफ्नै ठाउँ बाट गर्नु होला, प्रदेशि परिवार भेट्न नपाएर आत्तिएका छन् तर यो अवस्ता मा हामिले सम्झनु पर्छ कि मईले के गर्दा ठिक हुन्छ भनेर , देश त्यसै त रोहिरहेको छ अब झन् बडिरहेको कोरोना लाई हामिले नै जित्न सक्नु पर्छ तर सहि के हो भनि छुट्याएर मात्र,
सचेत नागरिक बनोै सचेत सोच राखोै र घरभित्र नै बसोै हात धुने सनिटाईजर प्रयोग गर्ने गरोै ,

तर लुटतन्त्र अन्त्य होस् यो अवस्थामा सहयोग को भावना ले अघि बडोै, केही गरोस् सरकार ले केही गरोस् आफ्नो जनताको लागि अनि जनता ले पनि सहयोग गरोै आफु पनि बचोै र अरुलाई पनि बचाओै,

देश भित्र भैरहेको अनि बडिरहेको महामारी आफैले रोकोै आफैले छेकोै ,

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४