Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज मात्रै उपत्यकामा हालसम्मकै धेरै ३७७ जनामा कोरोना संक्रमण पुष्टि


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ११ २०७७
  • 13.5K
    SHARES

आज मात्रै उपत्यकामा हालसम्मकै धेरै ३७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा एकैपटक हालसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा उपत्यकमा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । 

संक्रमितमा काठमाडौंमा मात्रै २७० जना रहेका छन् भने ललितपुरका ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।  पछिल्लो एक सातायता राजधानीमा निषेधाज्ञा जारी गरिएको भएपनि संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ११ संक्रमित थपिएका छन् । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको उनले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ ।  यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । यसअघि बुधबार पनि उपत्यकामा ३०१ जनामा संक्रमण पुष्टि भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४