Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ११ २०७७
  • 5.5K
    SHARES

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु !

 जन न्युज नेपाल खवर 

मोरङमा मोटरसाइकलको  ठक्करबाट साइकलमा सवार एकको मृत्यु भएको छ।

बिहीबार बिहान ११ बजे सुन्दरहरैचा नगरपालिका-६ स्थित पुर्वपश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको ना २९ प ६९५२ नम्बरको मोटरसाईकलले बाटो काट्दै गरेको साइकललाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट सोही स्थानका साइकल चालक २८ वर्षीय नवराज बराइली र पछाडि सवार ४५ वर्षीय डम्बर बहादुर श्रेष्ठ घाइते भएका थिए।

मोटरसाइकल चालक बारा सिमरा-८का ४५ वर्षीय राजकुमार पुलामी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

उनीहरू तीनै जनालाई विराट नर्सिङ होम विराटनगरतर्फ पठाइएको थियो।

तर साइकल पछाडि सवार डम्बर बहादुर श्रेष्ठको पौने १२ बजे मृत्यु भएको कार्यालयका डिएसपी मान बहादुर राईले जानकारी दिए।

साइकल चालक नवराज बराइलीको अवस्था पनि गम्भीर छ भने मोटरसाइकल चालक पुलामीको अवस्था सामान्य छ। प्रहरीले साइकल र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४