पछिल्लो २४ घण्टामा नेपाल भरिमा थपिए ८ सय ८५ कोरोनाका संक्रमित !
बुधबार देशभर कोरोनाका ८ सय ८५ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यी सहित हालसम्म संक्रमित हुनेको संख्या ३४ हजार ४ सय १८ पुगेको छ।
विगत २४ घण्टामा ३ सय ८५ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। आज मात्रै १३ हजार २ सय ५३ जनाको पिसिआर गरिएको छ।