Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संक्रमितलाई सन्तुलित भोजन खान दैनिक ३५० रूपैयाँ दिँदैछौं- टोखा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १० २०७७
  • 7.6K
    SHARES

संक्रमितलाई सन्तुलित भोजन खान दैनिक ३५० रूपैयाँ दिँदैछौं- टोखा

 

काठमाडौं उपत्यका कोरोनाको नयाँ ‘हटस्पट‘ हुने सम्भावना बढेको छ। यस्तो बेला जनशक्ति र पूर्वाधारको प्रभावकारी परिचालन गरी काठमाडौं,ललितपुर र भक्तपुरका घना बस्तीमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ।

यो जिम्मेवारी सरकारले कसरी निर्वाह गरिरहेको छ ? संक्रमित पत्ता लगाउने, उनीहरूलाई आइसोलेसनमा राख्ने, अस्पताल पुर्‍याउने पूर्वाधार र जनशक्तिको तयारी के छ ? 

ज्ञानमाया डंगोल (उपमेयर, टोखा नगरपालिका):

हाम्रो नगरपालिकामा संक्रमित संख्या १०९ जना छन्। अस्पतालमा ३०, होम आइसोलेसनमा ३४, टोखा प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा ५ जना छन् भने ३ जना सम्पर्क विहीन छन्। स्वास्थ्य मन्त्रालयलाई यसको जानकारी गराएका छौं।

धेरैजसो संक्रमित बाहिरबाट आएका छन् तर समुदायमा फैलिसकेको छ। एउटै परिवारका ६ जनासम्मलाई कोरोना भएको छ। अस्पतालका कर्मचारी, बैंक, टेलिकमका कर्मचारीमार्फत् परिवारमा संक्रमण भएको पाइएको छ।

टोखा नगरपालिकामा एक जना संक्रमित अलि गम्भीर हुनुहुन्छ। उहाँ १५ दिनभन्दा बढी अस्पतालमा बस्नुभएको छ। अरू भने लक्षण नभएका नै छन्। नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा १७ बेड आइसोलेसन तयारी अवस्थामा छन्। केन्द्रमा अझै ६०/६५ आइसोलेसन थप्ने टोखा नगरपालिकाको योजना छ। आइसोलेसन संख्या भने संक्रमितको संख्या हेरेर बढाउने भन्ने नीति छ।

पहिला हामीले क्वारेन्टिनमा जोड दियौं। त्यति बेला केन्द्र सरकारले आइसोलेसन बनाउन भनेर निर्देशन दिएको थिएन। १५/२० दिनअघि बल्ल निर्देशन आयो अनि बनाउन थाल्यौं। आइसोलेसनमा छुट्टाछुट्टै कोठा छन्। एउटा कोठामा दुई जना सम्मलाई दुरी कायम गरेर राख्ने भनिएको छ।

आइसियु र भेन्टिलेटर भने हाम्रो नगरपालिकामा छैनन्। आइसोलेसनमा लक्षण नभएकालाई राखिएको छ। लक्षण देखिए काठमाडौंमा सरकारले तोकेका डेडिकेटेड अस्पतालमा पठाउने कुरा भएको छ।

होम आइसोलेसनमा रहेकालाई नगरपालिकाको स्वास्थ्य शाखाले दिनहुँ फोन गरेर सोध्ने गरेको छ। लक्षण देखियो भने त्यही शाखामा जानकारी दिनुहुन्छ। त्यसपछि एम्बुलेन्समा हालेर नगरपालिकाले नै अस्पताल लैजान्छ भनेका छौं।

होम आइसोलेसनमा बसेकाको १४ दिनपछि घरै गएर स्वाब संकलन गर्ने र परीक्षणका लागि पठाउने व्यवस्था गरेका छौं। सबैलाई होम आइसोलेसन सहज हुन्न। भाडामा बस्नेहरू धेरै हुनुहुन्छ भनेर हामीले आइसोलेसनको व्यवस्था गरेका हौं। होम आइसोलेसनमा बस्नेलाई पनि सन्तुलित भोजनका लागि दैनिक ३५० रूपैयाँ उपलब्ध गराउँदै छौं।

यी त लागेपछि के गर्ने भन्ने कुरा भयो। लाग्नै नदिन चेतनामूलक कार्यक्रम गर्न स्वयंसेवक खटाएका छौं। मास्क वितरण वडा-वडाले गरिरहेकै छन्।

हामीले कोरोना नियन्त्रणका लागि भनेर तीन करोड बजेट छुट्याएका छौं। यतिले नपुग्ला कि भनेर आइसोलेन निर्माण गर्न हामीले प्रदेश सरकारलाई पत्र लेखेका थियौं। त्यसको जवाफ आएको छैन।

हामीलाई सबभन्दा ठूलो समस्या परीक्षणको हो। अहिले कन्ट्याक ट्रेसिङमा परेकाको मात्रै दैनिक परीक्षण गरिरहेका छौं। यसलाई बढाउनुपर्छ। परीक्षणसँगै आइसोलेसन पनि थप्नु  पर्‍यो। एउटा कोठाको फ्ल्याट भाडामा लिनेहरू धेरै हुन्छन्। उनीहरूलाई लाग्यो भने वरिपरिकालाई फैलिने सम्भावना ज्यादा हुन्छ भन्नेमा हामी सचेत छौं।

भोलि संक्रमित संख्या बढ्यो भने आइसोलेसनहरूमा चाहिने स्वास्थ्यकर्मीको अभाव हुन्छ कि भन्ने डर छ। एक साता काम गरेकालाई क्वारेन्टिनमा पठाउनुपर्छ। त्यति बेला भने गाह्रो हुनेछ। अहिले त स्वास्थ्यकर्मी पनि पर्याप्त छन्।

टोखा नगरपालिकाभरि जम्मा पाँचवटा निजी अस्पताल छन्। उनीहरूलाई पनि संक्रमितको उपचार गर्नुपर्छ भनेर छलफल गरिरहेकै छौं। कसैले ८,बेड कसैले १९ बेड सम्म  कोरोनाका लागि छुट्याएका छन्। तर सकेसम्म नगरपालिका आफैले संक्रमितको उपचार गर्ने भन्ने छ।

निषेधाज्ञा भएपछि नगरपालिकाभित्र ज्याला मजदुरी गरी खानेलाई गाह्रो छ। पहिले त हामीले राहत पनि बाँडेका थियौं। अहिले विपन्नलाई राहत प्याकेज बनाएका छैनौं। साह्रै विपन्न त धेरै पनि छैनन्। दैनिक ज्यालादारी गर्नेलाई सानातिना काम नगरपालिका आफैंले दिने भन्ने छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४