Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वेपत्ता भएकालाई खोजी तथा राहत उपलब्ध गराउन सरकारसँग परिवार दलको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ३० २०७७
  • 2.8K
    SHARES

काठमाडौं । नेपाल परिवार दलले देशकाबिभिन्न स्थानमा बाढी र पहिरोका कारण वेपता भएकाहरुलाई खोजी गर्न तथा तत्काल राहत तथा स्वास्थ्य उपचारको ब्यवस्था गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।
दलका महामन्त्री बिनोद डाँगीले आईतबार एक बिज्ञप्ति जारी गदै सिन्धुपाल्चोक, म्याग्दी पर्वत जाजरकोट लगायत देशका बिभिन्न स्थानमा बाढी र पहिरोका कारण ठूलो मानवीय तथा धनमालको क्षति भएको भन्दै प्राकृतिक विपत्तिमा परि निधन भएकाहरुको परिवारमा समवेदना व्यक्त गदै घाईतको उपचार र तत्काल आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
परिवार दलले बाढी, पहिरोलगायत प्राकृतिक विपद्का स्थितिमा सरकारका सबै संयन्त्रले सम्पूर्ण सामथ्र्य सहित कुनै कसर नराखी जोखिम मोलेर उद्धार र सहयोग गर्नु पर्नेमा जोड दिएको छ । केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी र पहिराले पुर्याएको जनधनको क्षतिले परिवार दल स्तब्ध भएको भन्दै प्रभावितको उद्धारमा आवश्यक सबै समयन्त्र प्रयोग गर्न आग्रह गरेको छ ।
परिवार दलले बिज्ञप्ति मार्फत असुरक्षित बसोबासका स्थानलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथाविपद् न्यूनीकरणका उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ । परिवार दलले यस्तो संकटको बेला सरकारका तीनवटै तह सक्रिय भएर उद्धारमा लाग्न आवहान गरेको छ ।
परिवार दलले कोरना महामारीसँग अहिले आएको प्राकृति बिपत्तिबाट जनताको जीवन रक्षाको दायित्व सरकारको रहेको स्मरण गराएको छ । परिवार दलले देशै भरिका आफना नेता तथा कार्यकर्तालाई उद्धारमा खट्न आवहान गरेको छ । परिवार दले मधेश तराई पहाडलगायतका भविष्यमा आइपर्न सक्ने यस्ता प्राकृतिक प्रकोपले प्रभावित बनाउन सक्ने जोखिमपूर्ण बस्तीहरुको समयमानै अध्ययनगरि आबस्यक पूर्व साबधानी अपनाउन सरकारको ध्यानाकर्षण गर्दछ बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४