Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विद्यालयको स्तरोन्नतिका लागि अरुणोदयका पूर्व विद्यार्थीहरु जुर्मुराए


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २९ २०७७
  • 6K
    SHARES

काठमाडौं । काठमाडौंको पुराना विद्यालयहरुमा पर्ने गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीमा रहेको श्री अरुणोदय माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरु संगठित रुपमा विद्यालयको शैक्षिक स्तर उकास्न लागिपरेका छन् । यसका लागि आज (असार १७ गते) विद्यालयमा भएको एक भेलाले “अरुणोदय पूर्व विद्यार्थी समाज” गठन गरिएको छ ।
पूर्व विद्यार्थीहरुको भेलामा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपालले पूर्व विद्यार्थीहरुको साथ र सहयोगको अपेक्षा गरेको बताउँदै यो विद्यालयलाई नमूना सामुदायिक विद्यालय बनाउने योजना सुनाउनुभयो ।
उहाँले सामुदायिक विद्यालयहरु निमुखा, गरीब र त्यस्तै बालबालिका पढ्ने विद्यालयका रुपमा स्थापित हुँदै गएकोमा गुनासो गर्दै समाजमा स्थापित यो मान्यता हटाउन पूर्व विद्यार्थीहरुबाट सहयोग हुने अपेक्षा गर्नुभयो ।
उहाँले विद्यालयको गतिविधिहरुमाथि प्रकाश पार्दै सिभिल इञ्जिनियरिङको पढाई समत सुरु भएको जानकारी दिनुभयो । उहाँले विद्यालयलाई प्राविधिक शिक्षालयका रुपमा स्थापित गराउने लक्ष्य रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व विद्यार्थी दीपक रिसालले विद्यालय समयका आफ्ना अनुभव सुनाउनुका साथै विद्यालयलाई आफ्नो तर्फबाट र पूर्व विद्यार्थीहरुको पूर्ण साथ रहने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी तथा गोकर्णेश्वर नगरपालिका वढा नंं ९ का वडाध्यष राजीव थापाले विद्यालय र विद्यालयमा संगै पढेका साथीहरु जीवनभर विस्मृतिमा नपर्ने बताउँदै अन्य सामुदायिक विद्यालयको तुलनामा अरुणोदय माविको नतिजा अब्बल रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले विद्यालयको स्तर अझै उकास्न पूर्व विद्यार्थीका नाताले पूर्ण साथ रहने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विद्यालयबाट एसएलसी परीक्षा दिने पहिलो समूहका विद्यार्थी त्रिलोचन पौडेलले विगतमा पनि पूर्व विद्यार्थीहरुलाई संगठित गर्ने प्रक्रिया अघि बढे पनि विविध कारणले यो सफल नभएको र अहिले पुनः गठन भएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा सोही विद्यालयका पूर्व विद्यार्थी तथा पत्रकार यादब देवकोटाले आफूले अध्ययन सुरुवात गरेको विद्यालय मन्दिर रहेको र मन्दिरको रक्षा, उत्थान र विकासका लागि सबै विद्यार्थीहरुले एकसाथ प्रयत्न गर्ने विश्वास लिनुभयो । उहाँले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा देखिएको समस्या प्रचारमा ल्याएजस्तो नभए पनि कमसेक विद्यालयका शिक्षक शिक्षिका तथा व्यवस्थापन समितिमा रहनेहरुले आफ्ना परिवारका एकजना सदस्य सामुदायिक विद्यालयमा पढाउने प्रतिबद्धता जनाए स्वतः स्तरवृद्धि हुने सुझाव दिनुभयो ।
कार्यक्रममा पूर्व विद्यार्थीहरु सुवास आचार्य, राजेश चालिसे, रुपक थापा, राजीव थापा, किरण पण्डित लगायत उपस्थित विद्यार्थीहरुले आआफ्नो अनुभव साटासाट गरेका थिए ।
भेलाले त्रिलोचन पौडेलको संयोजकत्वमा कार्यसंचालन समिति समेत गठन गरेको छ । यो समितिले निकट भविष्यमै कार्यसमितिको विस्तार गरी भावी कार्यक्रमको तय गर्नेछ ।
२००७ सालमा स्थापना भएको यो विद्यालयमा अहिले ९ सय ९३ जना विद्यार्थी अध्ययनत छन् । उच्च माध्यमिक शिक्षा अन्तर्गत मेनेजमेन्ट, होटेल मेनेजमेन्ट र मानविकी तथा प्राविधिक शिक्षातर्फ सिभिल इञ्जिनियरिङ अध्यापन भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४