Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल मोबाइल व्यवसायी महासंघ गठन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २९ २०७७
  • 3.9K
    SHARES

काठमाडौं । देशभरका मोबाइल व्यवसायी संघ संस्थाहरुको भेलाले नेपाल मोबाइल व्यवसायी महासंघको तदर्थ समिति गठन गरेको छ ।
भरत भट्टराईको अध्यक्षतामा गठित १७ सदस्यीय तदर्थ समितिमा वरिष्ठ उपाध्यक्ष सोवित प्रसाई (सुरेश प्रसाई), उपाध्यक्ष अर्जुन चालिसे, महासचिव रमेश घिमिरे, सचिव डिल्लीबहादुर तामाङ, कोषाध्यक्ष सन्तोष घिमिरे, सह–कोषाध्यक्ष श्याम नगरकोटी र वरिष्ठ सदस्य दीपक बोगटी रहेका छन । महासंघको तदर्थ समितिमा नौं जना सदस्य मनोनित गरिने बताइएको छ । देशका विभिन्न क्षेत्रमा रहेर मोबाइल व्यवसाय गर्दै आएका पाँच हजार भन्दा बढी मोबाइल व्यवसायी आबद्ध एक सय भन्दा बढी संघ संस्थाहरुलाई एकतावद्ध गर्दै एउटा छाता संगठन निर्माण गर्ने उद्देश्यले महासंघ गठन गरिएको तदर्थ समितिका अध्यक्ष भट्टराईले जानकारी दिए ।
नवगठित तदर्थ समितिलाई छिटै पूर्णता दिने र कोरोना महामारीको समस्या सामान्य हुने वित्तिकै महाधिवेशन गर्ने योजना रहेको भट्टराईले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४