गुरु तिमी कहिले असत्य भएनौं
सधैं सत्य सिकायौं
आफू भित्र रोदन लुकाई
हामीलाई सदैव हसायौं
गुरु तिमी कहिले स्वार्थी भएनौं
आफू जहिले पनि जोगी भई
सधैं हामीलई निःस्वार्थ मार्ग देखायौं
गुरु तिमी कहिले सुतेनौं
सधैं नयाँ विहानीको संकेत देखायौं
आफू भित्र भित्र अग्ने दहमा परे पनि
हामीलाई विवेकका पायुष पिलायौं
गुरु तिमी कहिले भोको भएनौं
सधैव हामीलाई चारा टिपी टिपी खुवायौं
आफू सधै पहिरो सँग जुधीईँ
मखमलको राजमार्गमा सहजै हिडायौं
गुरु तिमी कहिलै निर्धन भएनौं
आफू भित्रको गीता ज्ञान रित्यार
हामीलाई सत् वचन बोल्न सिकायौं
गुरु तिमी कहिले बिरामी भएनौ
आफु भित्रको कर्ण कवज दान गरी
हामीलाई चक्रव्यु टोड्न शक्ति भरिदियौं
कस्तो ! तिम्रो महानता
आफू रित्यएर पनि
कहिले गरीब बनेनौ
कहिले गरीब भएनौं ।
गुरु देव नमनः गुरु देव नमनः
राजापुर बर्दिया २०७७।०३।२१