Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दलित नेता नै जातीय विभेद हटाउन चाहँदैनन्ः विश्वकर्मा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २१ २०७७
  • 10.4K
    SHARES

काठमाडौं । विजय घिमिरे विश्वकर्मा प्रतिष्ठानका अध्यक्ष विजय घिमिरेले दलित नेता र आफूलाई दलितको अगुवा भन्नेहरुले नै जातीय विभेद र छुताछुत हटाउन नचाहेको आरोप लगाएका छन् ।
उनले आन्दोलन गरेर परिवर्तनको जग बसाल्छु भन्नेहरु नै आफ्नो भविष्य अन्यौलमा पर्छ कि भनेर समस्या समाधान गर्नभन्दा बल्झाउनतिर लागेको खुलासा गरेका छन् । ‘जसलाई बाहिरबाट डलर आउँछ उनीहरु चुपचाप छन्, देखावटी रुपमा मात्र आन्दोलन गरेजस्तो गर्छन्’ उनले भने ‘दलितभित्र पनि विभेद छ, एकले अर्कालाई देखी सहँदैनन् र म ठूलो जातको हुँ भन्छन् ।’ जातीय विभेदविरुद्ध आवाज उठिरहेका बेला चलाइएका हरेक प्रकारका आन्दोलनले निचोड दिन नसकेको र कुनै दिन कुनै ठाउँमा गएर त्यसै टुंगिने गरेको उनको भनाई छ । दलित आन्दोलनको पक्षमा बोल्दै आएका विश्वकर्माले दलित समुदायको हकहित गर्छु भनेर खोलिएका संस्थाले थोरै मात्र काम गरेपनि केही परिवर्तन हुने दावी गरे ।
‘हामी बाहिर भाषणमा चर्का कुरा गर्छौ तर खास गरी भन्ने हो भने यो समुदायभित्र पनि विभेदले जरो गाडेको छ’ उनले भने ‘दलित आन्दोलन र अभियानलाई मागी खाने भाँडो बनाइएको छ ।’ उनले आन्दोलनलाई नै देखाएर धेरैले आफ्नो जीविका सहज ढंगले चलाउने जनाएका छन् । ‘आन्दोलनमा गएजस्तो गर्ने अनि विदेशीलाई अथवा एन्जीओ र आइएन्जीओलाई आफ्नो हातमा पारेर करोडौं कमाउन खोज्ने पनि प्रशस्तै भेटिन्छन्’ उनले भने ।
संविधानमा दलितका अधिकार लेखिएपनि त्यसलाई कार्यान्वयन गराउने कुरामा दलितकै नेताहरु चुकेको उनको भनाई छ । ‘संविधानमा लेख्दैमा सबै कुरा हुँदैन अधिकार लिनका लागि स्पष्ट नीति बनाउनुपर्छ’ उनी भन्छन् ‘ जो अहिले दलित अगुवा भनेर वा दलितका नाममा राजनीति गरेर खाइरहेका छन् उनीहरु वस्तविक रुपमा चिन्तित हुने हो भने यो समस्याको अन्त्य हुन्छ ।’ उनले आवश्यक परे युवाको नेतृत्व लिन आफू तयार भएको र त्यसका लागि गृहकार्य गर्दै आएको बताएका छन् । दलित समुदायको तर्फबाट सबैभन्दा पहिलो सगरमाथा आरोहीको रुपमा चिनिएका उनले दुई पटकसम्म सगरमाथाको आरोहण गरेका छन् । उनकै पहलमा दलित समुदायको तर्फबाट महिलामा ज्ञानमाला रन्पालले पहिलोपटक सगरमाथा चढिन् । रुकुममा घटेको घटना सम्झँदै उनले अब पनि बेलैमा सचेतना नअपाउने हो भने आगामी दिनमा यो समस्याले विकराल रुप लिने खतरा औल्याएका छन् ।
प्रतिष्ठानले यो घटना सम्झँदै सामाजिक सद्भाव कायम गर्ने उद्येश्यले काठमाडौंको चावहिल, गोंगबु र माइतीघरमा रक्तदान गरिसकेको छ । उनले छिटै नै चितवनमा भेला गरेर यसपछि कसरी जाने भन्ने कार्यक्रम तय गरिने पनि जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४