कैलाली । मंगलबार सुदूरपश्चिम प्रदेशमा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप १३२ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा ११५, वीर अस्पताल काठमाडौँको प्रयोशालाबाट १५ र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालावाट २ जनामा संक्रमण पुुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको हो ।
पुष्टि भएका मध्ये कैलालीका १७ पुरुष र ४ महिला, बाजुराका १० पुरुष र ८ महिला तथा कञ्चनपुरका ९ महिला रहेका छन् । त्यसैगरि अछामका ४८ पुरुष र १८ महिला र डोटीका १७ पुरुष र १ महिला रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
प्रदेशमा हालसम्म १८ हजार ६०९ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र १६ हजार १२६ मा नेगेटिभ आएको उनले बताए । ५ हजार १२३ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख १२ हजार ३८३ जनामा परिक्षण गरिएको छ ।