Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल भित्रियो सलह कीरा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १४ २०७७
  • 2K
    SHARES

काठमाडौं । भारतमा तिब्र गतीमा फैलिएको सलह किरा नेपालमा समेत भित्रिएको छ । सलह कीरा शनिबार बिहान भारतको बिहारबाट नेपालको तराई मधेसमा छिरेको थियो । शनिबार बारामा देखिएको सो कीरा सिन्धुलीको चियाबारी, भीमानमा देखिएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव गुरागाँइले जानकारी दिए ।
यो कीरा बारा, पर्सा, सर्लाही, रुपन्देही, तनहुँ लगायतको ठाउँमा पनि देखिएको छ । ‘यो अचम्मको खालको कीरा रहेको छ, यसको क्रियाकलाप अनौंठो छ । विज्ञहरु पनि आश्चर्यमा पारेका छन्’ उनले भने, ‘अहिले नेपाल नआउनुपर्ने कीरा अचानक देखियो । नेपालको हावापानी अनुसार यो पहाडी क्षेत्रमा नदेखिनु पर्ने हो । तर विस्तारै पहाड चढ्न थालेको छ, यस्तो हो भने हिमालसम्म पनि पुग्न सक्छ जस्तो लाग्छ ।’
दुई दिनदेखि दक्षिणी र पश्चिमी वायुको चाप देखिएकाले उत्तरतिर सर्दै गइरहेको उनले बताए ।
‘नेपालमा प्रवेश गरेदेखि यो कीरा एक ठाउँमा बसेको देखिएको छैन । सानो सानो टुक्रामा रहेका सलहले ठाउँ परिवर्तन गरिरहेको छ, लाग्छ ती कीराहरु फर्किन खोजिरहेका छन् तर वायुको चापका कारण सकिरहेको छैन, उत्तरतिर धकेलिँदै गइरहेको छ’, उनले थपे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४