Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसइई सदाका लागि खारेज गरे मात्र सार्थकताः प्रधानध्यापक पन्त


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ११ २०७७
  • 4.2K
    SHARES

काठमाडौँ । नागार्जुन नगरपालिका – १० मा अबस्थित अमर ज्योति माबि स्युचाटारका प्रधानध्यापक सुन्दर पन्तले सामुदायिक विद्यालयहरुमा न्यून आय हुनेहरुका छोरा छोरीहरु पढ्ने हुदा अनलाइन कक्षा लिन तत्काल समस्या रहेको बताउनुभएको छ ।
नेपालमा सबै ठाउमा इन्टरनेट सुबिधा नरहेको भन्दै उहाले अनलाइन कक्षा लिन सबैको पहुच नपुग्ने बताउनुभयो। प्रधानध्यापक पन्तले ७२ सालको महाभूकम्प पछि बिद्यालय संचालन गर्न कठिनाइ भए जस्तै अहिले कोरोनाका कारण बन्द विद्यालय खुले पछि पनि बिधार्थिहरुमा त्रास नै सृजना हुने भन्दै उनीहरुलाई सल्लाह दिन समय लाग्ने समेत बताउनुभयो । कोरोना पछि कसरी बिध्यालय संचालन गर्ने भन्ने बिषयमा सरकारले समेत नसोचिरहेका बेला शिक्षकहरु समेत अन्योलमा रहेको पन्त बताउनुहुन्छ । एक अर्को प्रसंगमा प्रअ पन्तले एस ई ई परिक्षा हुनुपर्ने थियो भन्दै अब कि त सरकारले सदाका लागि एस ई ई खारेज गर्नुपर्छ होइन भने यो प्रभावकारी नहुने समेत बताउनुभयो । अब विद्यालय सुचारु गर्नका लागि अविभावक,शिक्षक बिधार्थीहरुको पिसिआर टेस्ट गर्नुपर्ने सुझाउदै पन्तले यस बाहेक पनि सामाजिक दुरी कायम गर्दै मास्क को प्रयोग गर्नुपर्ने सेनिटाइजर प्रयोग गर्नुपर्ने ,कक्षा कोठा सफा सुघार राख्नुपर्ने बताउनुहुन्छ । नेपाल शिक्षक संघका उप महासचिब समेत रहेका पन्तले शिक्षक संघको अध्यक्ष बाबुराम थापा सेवा बाट हटिसके पनि अध्यक्ष पदमै बसिरहनु न्याय संगत नभएको भन्दै पेशामै रहेका जो कोहीलाई अध्यक्ष स्विकार्न नेपाल शिक्षक संघ मन्जुर रहेको समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४