Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

के यौन सम्पर्कबाट ‘कोरोना’ सर्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १० २०७७
  • 4K
    SHARES

एजेन्सी । हालसम्म कोरोना भाइरस यौन सम्बन्धबाट फैलिदैन भन्ने कुरा मानिदै आइएको थियो। तर, चीनका अनुसन्धानकर्ताले पछिल्लो अनुसन्धानबाट यसबारे नयाँ खुलासा गरेका छन्।
अनुसन्धानकर्ताका अनुसार, यदि कोरोना भाइरसबाट संक्रमित पुरुषले कसैका साथ यौन सम्बन्ध राख्छ भने उसमा पनि कोरोनाको संक्रमण हुनसक्छ। किनकि संक्रमित केही पुरुषहरुको वीर्यमा कोरोना भाइरस पाइएको छ।
चीनको शांगक्यू म्यूनिसिपल हस्पिटलमा भर्ती कोरोना भाइरसबाट संक्रमित ३८ जना पुरुषहरुको जाँचमा यो कुराको खुलासा भएको हो। यीमध्ये ६ जना बिरामीहरुको स्पर्ममा कोरोना भाइरसको संक्रमण पाइएको थियो।
कोरोना भाइरसबाट संक्रमित ती ६ जना पुरुषहरुमध्ये केही पहिले नै भाइरसको बिमारीबाट ठीक भइसकेका छन्, तर उनीहरुको स्पर्ममा कोरोना भाइरसको संक्रमण पाइएको हो। यद्यपी, चीनका अनुसन्धानकर्ताहरुले शारीरिक सम्बन्ध बनाउँदाको समय कोरोनाको संक्रमण हुन्छ कि हुदैन भन्ने कुराको बारेमा भने स्पष्ट रुपमा खुलाएका छैनन्।

तर, ती अनुसन्धानकर्ताहरुले कोरोना संक्रमित पुरुषका साथ यौ’न सम्बन्ध राख्दा संक्रमणको खतरा हुनसक्ने आशंका भने व्यक्त गरेका छन्। किनकि केही पुरुषहरुको वीर्यमा कोरोना भाइरसको संक्रमण पाइएको छ।

व्रिटेनका शेफील्ड यूनिभर्सिटीमा एन्ड्रोलोजी प्रोफेसरका अनुसार, हालसम्म उक्त अध्ययनले कुनै आधिकारीक नतिजा दिईसकेको छैन। हामीले अब कोरोना भाइरस स्पर्मभित्र सक्रिय छ कि छैन ? यो त्यहाँ भित्र कति समयसम्म सक्रिय रहनसक्छरु के यसबाट साच्चै नै भाइरस संक्रमणको खतरा छ तरु भन्ने हेर्न जरुरी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४