Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकै दिन सुदूरपश्चिम प्रदेशमा २ सय २४ जनामा कोरोना संक्रमित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ५ २०७७
  • 2.2K
    SHARES

कैलाली । सुदूरपश्चिम प्रदेशमा एकै दिन २२४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएपछि संंक्रमितको संख्या ४ सय ८४ पुगेको छ । बिहीबार रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट १ सय ९९, सेती प्रादेशिक अस्पताल २४ र भेरी अस्पतालको प्रयोगशालाबाट गरिएको परीक्षणबाट १ जना गरी २ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै सक्रिय संक्रमितको संख्या ४ सय ८४ पुगेको छ । यसअघि नै १ सय ११ जनामा संक्रमित निको भइ घर गइसकेका छन् भने ४ जना संक्रमितको मृत्यु भइसकेको छ ।
पुष्टि भएका मध्ये कैलालीका २५, कंचनपुर २०, अछाम ३०, बैतडी २५, बाजुरा ४१, डडेल्धुरा ८३ जना रहेका जनाइएको छ ।
सामाजिक विकास मन्त्रालय अन्त्रगत स्वास्थ्य निर्देशनालय डोटीले हरेक दिन गर्ने मिडिया ब्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो ।
यो प्रदेशमा हालसम्म ९९५३ जनाको पीसीआर विधिवाट जाच गरिएका मध्ये ९३५४ जनामा नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिह कार्कीले जानकारी दिए ।
४१७५ जनाको रिपोट आउन बाँकी छ र पोजिटभ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए । कोभिड–१९ का संक्रमित मध्ये अछाममा ५१, बैतडीमा ५२, बझाङ्गमा १६, बाजुरामा ६१, डडेल्धुरामा १२३, दार्चुलामा १२, डोटीमा ३८, कैलालीमा १५३, कञ्चनपुरमा ९४ गरी ५ सय ९९ जना संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४