Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्वारेन्टिनबाट निस्किएलगत्तै विवाह


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ३ २०७७
  • 1.8K
    SHARES

घोराही । दाङको घोराहीका एक जोडीले क्वारेन्टिनबाट निस्किएलगत्तै वरपिपलको रूखमुनि विवाह गरेका छन् । घोराही उपमहानगरपालिका १८का २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहागरपालिका ७ की २१ वर्षीया सीता चौधरीका बीच आइतबार क्वारेन्टिनबाट निस्किएलगत्तै विवाह भएको हो। परिवारको सल्लाहअनुसार उनीहरूको विवाहमा घोराही १८का वडाध्यक्ष भरत अर्यालले पुरेत बने। कृष्णका अनुसार २ वर्षअघि उनको र सीताको फेसबुकबाट चिनजान भएको थियो।
कृष्ण नयाँदिल्लीको एक होटेलमा सेफको काम गर्थे। सीता तुलसीपुरस्थित गोरखा माविका कक्षा १२ मा पढ्थिन् । चिनजान भएको केही समयमै उनीहरूको माया बस्यो। त्यही मायालाई विवाहमा बदल्न ९ महिनाअघि उनीहरू भागेर भारत गए।
‘९ महिना पहिला भागेर भारत गएका थियौ,’ कृष्णले भने, ‘जेठ १० गते फर्केर आएपछि क्वारेन्टिनमा बस्नु प¥यो । पिसिआर रिपोर्ट नेगेटिभ आएकै दिन विवाह गरेका हौं।’ घर परिवारले आफ्नो अन्तरजातीय विवाहलाई सहजै स्वीकार गरेको र अभिभावककै सल्लाहमा रिपोर्ट नेगेटिभ आएकै दिन समुदायलाई साक्षी राखेर औपचारिक रूपमा विवाह गरेको कृष्णले बताए । वडाध्यक्ष अर्यालले बेहुलाका अभिभावकले छोरा बुहारी ९ महिनापछि घर फर्किएको हुँदा धार्मिक संस्कारअनुसार जेठभित्रै विवाह गर्नु शुभ हुने भनेपछि आफूले पुरेतको काम गरेर जेठ ३२ गते विवाह गरिदिएको बताए ।
‘असारमा छोरा बुहारी विदेशवाट फर्केको दशौं महिना पुग्छ र त्यो धार्मिक संस्कार अनुसार शुभ मानिदैन भन्ने अभिभावकको भनाइ रह्यो,’ वडाध्यक्ष अर्यालले भने, ‘त्यही भए रिपोर्ट नेगेटिभ आएकै दिन अबेर साँझ क्वारेन्टिननजिकै वरपिपलको रूखमुनि बेहुलाका अभिभावक र केही सीमित आफन्तको उपस्थितिमा मैले विवाह गरिदिएको हुँ ।’ उनले वैवाहिक जीवनको शुभकामनाका साथै परिवारमा मिलेर बस्न तथा अभिभावकलाई सम्मानपूर्वक राख्न सल्लाह दिएको बताए । त्यस्तै नवविवाहित जोडीलाई थप १५ दिन होम क्वारेन्टिनमै बस्न आग्रह गरेको समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४