Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिनियाँ सैनिकसँग लद्दाखमा झडप हुँदा भारतका दुई सैनिकको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २ २०७७
  • 3.9K
    SHARES

भारत । चीन सीमा विवाद बढ्दो छ । सोमबार राती लद्दाखको गालवान भ्यालीमा दुई देशका सैनिकबीच हिंस्रक झडप भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । यसमा भारतका एक कर्नल र दुई जवानको मृत्यु भएको बताइएको छ । भारत–चीन सीमामा ५३ वर्षपछि अर्थात् सन् १९६७ पछि यस्तो स्थिती निम्तिएको स्रोतले बताएको छ ।
दुई देशबीच हिंस्रक झडप डी–एक्सकेलेशनको क्रममा भएको स्रोतले बताएको छ । डी–एक्सकेलेशनको आधारमा दुई देशका सेना तनाव कम गर्ने कोसिसमा छन् ।
सन् १९६७ मा पनि यस्तै झडप भएको थियोः
११ सेप्टेम्बर सन् १९६७ मा सिक्किमको नाथू–लामा भारत र चीनबीच हिंस्रक झडप भएको थियो । त्यसपछि १५ सेप्टेम्बर १९६७ मा पनि झडप भएको थियो । विवाद सन् १९६७ अक्टोबरमा रोकिएको थियो । चीनले त्यतिबेला नाथू ला मा झडपको क्रममा आफ्ना ३२ सैनिक मारिएको दाबी गरेको थियो । यस्तै, भारतका ६५ सैनिक पनि मारिएका थिए । यस्तै। चो ला झडपमा भारतका ३६ जवानको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४