Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एनसेलको डाटा प्याक ‘खल्ती’ एपबाटै किन्न सकिने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २ २०७७
  • 6.2K
    SHARES

काठमाडौं । ‘खल्ती’ मोबाइल वालेटका प्रयोगकर्ताहरुले एनसेलको मोबाइल डाटा प्याक र भ्वाइस प्याक अब ‘खल्ती’ डिजिटल वालेट मोबाइल एपका साथै पजबतिष्। khalti.com वेवसाइटबाट सिधै किन्न सक्ने भएका छन् । ‘खल्ती’बाट एन सेलका विभिन्न प्याक किन्दा ग्राहकले आकर्षक क्यास ब्याकसमेत पाउने छन् ।
एनसेलका प्याक किन्ने सुविधा दिन ‘खल्ती’ले मोबाइल एपमा नयाँ मेनु थपेको छ । त्यसमा एनसेलले उपलब्ध गराउने प्याकहरूको विवरण उपलब्ध छ । उक्त मेनुमा गएर ग्राहकले प्याक छानेर खरिद गर्नुका साथै उक्त प्याकको अवधिको समेत जानकारी पाउन सक्ने छन् ।
एनसेलको डाटा प्याक किन्न ‘खल्ती’को मोबाइल एप वा khalti.com वेव पेजबाट लगइन गर्नुपर्छ । त्यहाँको गृहपृष्ठमा डाटा प्याक मेनु उपलब्ध छ । त्यसमा गएपछि आफुले चाहेको प्याक योजना तालिकाबाट छान्न सकिन्छ ।
त्यसपछि कुन मोबाइल नम्बरका लागि प्याक किन्ने हो, त्यही नम्बर हाल्नुपर्छ । त्यहाँ डाटा प्याक को भुक्तानी विधि छान्ने विकल्प उपलब्ध छ । ग्राहकले ‘खल्ती’ एपबाट सिधै, मोबाइल बैंकिंग वा इन्टरनेट बैंकिङ्ग मध्ये कुनै विकल्प छानेर डाटा प्याकको भुक्तानी गर्न सक्नेछन् । यही विधिबाट एनसेलको भ्वाइस प्याक समेत खरिद गर्न सकिनेछ ।
एनसेलका प्रमुख बाणिज्य अधिकृत प्रदीप श्रीवास्तव भनन्छन्, ‘हामी डिजिटल प्लेलफर्म उपयोग गर्ने ग्राहकको आवश्यकतालाई सम्बोधन गर्न सधैं प्रयासरत रहन्छौं । खल्ती डिजिटल वालेटसँगको सहकार्यमा हाम्रा उत्पादनहरू एपबाटै खरिद गर्न सकिने ब्यवस्था गरेका छौं । ग्राहकका मागका आधारमा बढी उत्पादन र सेवाहरू थप गर्दै लाने छौं ।’
एनसेलका ९८–९९ पैसादेखि १०४०-६५ रूपैयाँसम्मका प्याक खल्तीमा उपलब्ध छन्न् । तोकिएको भोलुमको डेटा सकिए पनि अबधि बाँकी रहेसम्म मुख्य ब्यालेन्सबाट रकम काटिने छैन ।
‘खल्ती’का निर्देशक अमित अग्रवाल एनसेलसँगको सहकार्यमा मोबाइल एप र ‘खल्ती’ डटकम वेव पेजबाट डाटा किन्न सकिने सुविधा ल्याएपछि ‘खल्ती’बाटै परिवारका सदस्य र आफन्तहरूलाई समेत डाटा किनेर उपहार दिन सकिने अबस्था आएको बताए । ‘खल्ती’बाट जुनसुकै मोबाइलका लागि डाटा किन्न सकिने भएको छ, उनले भने, ‘यसले गर्दा डाटा किन्न नजान्ने, मोबाइलमा डाटा किन्न डायल गर्नु पर्ने विभिन्न कोडले गर्दा झण्झट मान्नेहरूलाइ समेत सजिलो भएको छ ।’
लकडाउनका बेला रिचार्ज कार्ड किन्न कठिनाइ भोग्नेहरूलाई एनसेलको सहकार्यले निकै सहज बनाइदिएको छ । यतिखेर घरमा बस्नेहरूले अरू बेलाभन्दा बढि डेटा प्रयोग गरिरहेका छन् । पसलहरू नखुलेकाले रिचार्ज कार्ड किन्न सहज नभएका बेला मोवाइल एपबाटै डाटा किन्न सकिने भएपछि एनसेल प्रयोगकर्ताहरूलाई निकै सहज भएको छ । ‘खल्ती’ वालेटबाटै मोवाइल रिचार्ज, भ्वाइस प्याक र डेटा प्याक किन्न पाउने सुविधा उपलब्ध हुँदा टेलिकम कम्पनीहरू रिचार्ज कार्ड छाप्ने खर्चबाट मुक्त हुँदैछन् भने रिचार्ज कार्ड किन्न पसल धाउनु पर्ने, पिन नम्बर कोट्याउनु पर्ने र लामो अंकको पिन सम्झिनु पर्ने अबस्थाबाट मोवाइल प्रयोगकर्ता मुक्त हुँदै गएका छन् ।
‘खल्ती’को मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।
कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ?
‘खल्ती’ एप यो लिंकबाट डाउनलोड गर्न र उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४