Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समाजसेवी कुँवरद्वारा निरन्तर राहत सामाग्री बितरण


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ३१ २०७७
  • 3.6K
    SHARES

काठमाडौ । काठमाडौंको कलङ्की -बाफल निबासी समाजसेवी ताराबहादुर कुँवरले कोभिड १९ को कारण हात मुख जोड्न समस्या भइराखेका निम्न बर्गिय नागरिकहरुका लागि आफ्नो ब्यक्तिगत तथा हेबि इक्विप्मेन्ट ब्यबसायी महासंघको तर्फबाट लगातार नवौ पटक खाध्यान्न राहत सामाग्री बितरण सम्पन्न गरेका छन। यस अगाडी विभिन्न सामाजिक ,राजनीतिक ब्याक्तित्वहरुको उपस्थितिमा बितरण गरिने गरेको राहत सामाग्री आज भने नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतको उपस्थितिमा करिब १०० घर परिबारलाई बितरण गरिएको थियो । आजको राहत बितरण अपांग अशक्त लगायत रोगि, निम्न आय भएकाहरुलाई गरिएको थियो।
चक्रपथ सरसफाइ अभियानका सम्योजक समेत रहेका समाजसेवी कुँवरका अनुसार हालसम्म करिब ९०० परिबार लाई राहत बितरण गरिसकेको जनाए। राहत सामाग्री बितरण कार्यक्रममा आफ्नी छोरी डा.राधिका कुँबरको समेत निरन्तर सहयोग रहदै आएको बताउने ताराबहादुर नेपाल हेभी इक्विपमेन्ट ब्यबसायी महासङका अध्यक्ष समेत हुन।
लामो समय देखि समाजसेवामा कृयासिल ताराबहादुरबाट राहत थाप्न आएका नागरिकहरु समेत प्रसन्न मुद्रामा देखिन्थे भने मेयर मोहन बस्नेत भन्दैथिए,”बिपत्तिको यो घडिमा समाजसेबी तारा जि बाट अरु धेरैले पाठ सिक्नु आबस्यक छ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४