Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वभर कोरोना भाइरसबाट ३० लाख ३६ हजार संक्रमित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १६ २०७७
  • 2.8K
    SHARES

एजेन्सी । कोरोना भाइरसको विश्वव्यापी महामारी अमेरिकासहितका अधिकांश देशमा उच्चतह पुगेर ओरालो लागे पनि संक्रमित र मृत्यु हुनेको संख्या लगातार बढ्ने क्रम जारी छ ।
विश्वमा अहिलेसम्ममा संक्रमितको संख्या ३० लाख ३६ हजार भन्दा बढी पुगेको छ । यस्तै विश्वभर मृत्यु हुनेको संख्या दुई लाख १० हजार नाघेको छ ।
जोन हप्किन्स विश्व विद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वमा अहिलेसम्म कम्तिमा दुई लाख १० हजार ८०४ जनाको कोभिड–१९ का कारण निधन भएको छ ।
सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा सोमबार कम्तिमा १२ सयजनाको मृत्यु भएसँगै कुल ज्यान गुमाउनेको संख्या ५६ हजार १४४ पुगेको छ । यस्तै अमेरिकामा संक्रमितको संख्या ९ लाख ८७ हजार भन्दा बढी रहेको छ ।
इटाली र स्पेन दुवैमा कम्तिमा ३३० जनाको सोमबार मृत्यु भयो । इटालीमा अलिहेसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २६ हजार ९७७ तथा स्पेनमा २३ हजार ५२१ रहेको छ ।
यस्तै फ्रान्समा ज्यान गुमाउनेको संख्या २३ हजार २९३ पुगेको छ भने बेलायतमा ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४