Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पुनर्निर्माणका सिकाइ संस्थागत गर्न जोड


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १३ २०७७
  • 3.6K
    SHARES

काठमाडौं । गोरखा भूकम्पको पाँचौं स्मृति पारेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका बाँकी कामलाई कसरी प्रभावकारी रुपमा अघि बढाउने र पुनर्निर्माणका सिकाइ संस्थागत गर्नेबारे भर्चुअल अन्तरक्रिया (वेबिनार) आयोजना गएको हो ।
प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा भएको अन्तत्र्रिmयामा पुनर्निर्माण प्राधिकरणका अधिकारीहरु, नेपालको पुनर्निर्माणमा संलग्न विभिन्न दातृ निकायका प्रतिनिधिहरु एवं पुनर्निर्माण विज्ञसहित ४५ जनाको सहभागिता थियो ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणमा प्राप्त अनुभवहरुलाई संस्थागत गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण एवं तीनै तहका सरकारहरुसँग निकट भएर काम गरिरहेको जानकारी दिनुभयो । उहाँले कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका कारण पुनर्निर्माणका कामहरु प्रभावित भएको उल्लेख गर्नुहुँदै ऐनले दिएको सुविधाअनुसार समय थप गर्ने वा नगर्नेबारे छलफल भइरहेको बताउनुभयो ।
प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले सहभागीलाई स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो । उहाँले पुनर्निर्माणको कार्यमा सघाउ पुर्याउने सरकारी निकाय, दातृ निकाय, विकास साझेदार, स्थानीय तह तथा लाभग्राही सबैलाई धन्यवाद दिनुभयो । साथै पुनर्निर्माणका कार्यहरु तोकिएको समयमा सम्पन्न हुने बताउनु भयो ।
प्राधिकरण कार्यकारी समिति सदस्य डा।चन्द्रबहादुर श्रेष्ठले नेपालको पुनर्निर्माण कार्यक्रमको सार, बाँकी मुख्य विषयहरु एवं आगामी बाटोबारे मुख्य सामग्री प्रस्तुत गर्नुभएको थियो जसमाथि छ जनाले टिप्पणी गर्नुभयो । उहाँले घर निर्माणको समयसीमा, शहरी पुनर्निर्माण, सम्पदा पुनर्निर्माण एवं प्राधिकरणद्वारा तयार भएका विभिन्न गुरुयोजना कार्यान्वयनजस्ता विषयहरु उल्लेख गर्नुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राधिकरणले बनाएका नियमावली, निर्देशिक अन्य अभ्यास आगामी दिनमा अन्य विपद्हरुको व्यवस्थापनमा उपयोगी हुने धारणा राख्दै सिकाइहरु संस्थागत गर्न पुनर्निर्माण प्राधिकरणसँग जोडिएर काम गरिरहेको बताउनुभयो ।
अन्तक्रियामा विश्व बैंकका बरिष्ठ विपद् जोखिम व्यवस्थापन विज्ञ कामरान अक्बर, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९युएनडिपी० का सहायक आवासीय प्रतिनिधि विजय सिंह, अमेरिकी विकास सहयोग नियोग युसएड नेपालका प्रतिनिधि एन्ड्रयु गोल्डा, भूकम्प प्रविधि राष्ट्रिय समाजका रणनीति सल्लाहकार आमोद मणि दिक्षित र पत्रकार कनकमणि दिक्षितले टिप्पणी गर्नुभएको थियो ।
उहाँहरुले विविध प्रतिकुलताका बाबजुद पुनर्निर्माणमा प्राप्त उपलब्धि उल्लेखनीय रहेको धारणा राख्दै प्राप्त सिकाइहरुको संस्थागत स्मरण, अभिलेखीकरण तथा हस्तान्तरणमा ध्यान दिन सुझाव दिनुभयो । पुननिर्माणको समग्र प्रक्रियाको मूल परिणाम उत्थानशील समुदाय निर्माण भएकोले त्यो अनुभव ७७ वटै जिल्लामा लैजानुपर्नेमा उहाँहरुको जोड थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४