रोशन ज्ञवाली
काठमाडौं । एनएच ट्रेडिङ एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.का सञ्चालकहरुले आज गोकर्णेश्वर नगरपालिका वडा नं. ५ स्थित जोरपाटीमा राहत वितरण गरेको छ ।
अति विपन्न गरीब, निमुखा तथा दैनिक ज्याला मजदुरी गर्ने मजदुर र अपाङहरुलाई वडा नं. ५ का वडाअध्यक्ष नारायण बहादुर सुवेदीको विशेष समन्वयमा राहत वितरण गरिएको हो ।
कम्पनीका सञ्चालकहरु राम बहादुर विष्ट, राजेन्द्र प्रसाद हाडा, गोपाल अधिकारी र प्रकाश शेर्पाइलीहरुले राहत वितरण गरेका हुन् ।
यसैवीचमा काठमाडौंको चाबहिलमा पनि केही संख्यामा राहत वितरण गरिएको छ । अपाङ्ग र निमुखाहरु त्यहाँसम्म पुग्न नसकेपछि घर–घरमा राहत पु¥याइएको प्रकाश शेर्पाइलीले बताए ।
विश्वव्यापी रुपमा कोरोना भाइरस फैलिएको अवस्थामा त्यसलाई मध्यनजर गर्दै राहत वितरण गरिएको प्रकाश शेर्पाइलीले बताए । अहिले सर्वत्र विभिन्न संघसंस्थाहरुले राहत वितरण गरिरहेका छन् । त्यसैबीचमा केहीदिन अघिमात्र सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले राहत वितरण कार्यमा सरकारले रोक लगाइएको थियो । शाहीलाई राहत सहयोग वितरण गर्न रोक लगाइएको पछि सरकारको तिब्र आलोचना भएको छ । हिजोमात्र ज्ञानेन्द्र शाही बस्दै आएका घरबेटीलाई सरकारले नियन्त्रणमा लिएको थियो । त्यस बाबजुद पनि सरकारको नियम उल्लंघन नगरी वडाअध्यक्षको रोहबरमा राहत सामाग्री वितरण गरिएको शेर्पाइलीले बताए । कुल ९५ जनाले राहत पाएको वडाअध्यक्ष सुवेदीले बताए ।
सामाजसेवी जनक धामीले राहत सामाग्रीमा विशेष छुट दिएर यो संस्थालाई अगाडि बढाएका छन् । उनले स्वस्फूर्त रुपमा आफ्नो गाडीमा निःशुल्क राहत लगिदिएका थिए । धामी विभिन्न सामाजिक कार्यमा सदैव अगाडि बढिरहने व्यक्ति हुन् ।