Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश सभा सदस्य पहारी चामलका बोरा आफैं बोकी सहयोग गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ८ २०७७
  • 3.5K
    SHARES

पोखरा । कोरोना भाइरसको महामारी र सरकारले गरेको लकडाउनले मजदुरी गर्ने र छाक टार्न समस्यामा परेकाहरुलाई गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले चामलका बोरा बोक्दै सहयोग जुट्नु भएको छ । पहारीले पौखरी स्वयमसेवी संस्थाले सञ्चालन गरेको भोजन वितरण कार्यमा सोमबार ७ बोरा चामल र तेल सहयोग गर्नुभएको हो । उहाँले अहिले तत्कालको आवश्यकतालाई हेरेर सहयोग गरेको आवश्यक परे हरेक दिन चामल तेल लगायतका खाद्यान्न सहयोग गर्न आफू प्रतिवद्ध भएको बताउनुभयो । सांसद पहारीले भन्नुभयो “अहिलेको विषम परिस्थितिमा पौरखी स्वयमसेवी तयार भएर परोपकारको काममा जुटेको छ यो निकै प्रशंसनीय काम हो, म जनताको प्रतिनिधि हुँ ,आवश्यक परे नैतिक भौतिक सबै सहयोग गर्न तयार छु ।” उहाँले कास्कीका कुनै पनि जनताले गाँसबाँसको समस्यामा परे तुरुन्तै खबर गर्न समेत आग्रह गर्नुभयो ।
उहाँले लकडाउन सरकारको रहर नभइ, जनताको सुरक्षा गर्नु सरकारको दायित्व भएकाले सबैले लकडाउन पालना गर्न पनि आग्रह गर्नुभयो । पौरखीका राजु शर्मा तिमिल्सिनाले जनप्रतिनिधीबाट पहिलोपल्ट सहयोग प्राप्त भएको र अन्यले पनि सहयोगकोलागि वचन दिएको बताउनुभयो । उहाँले दैनिक २० देखि २२ जना स्वयम्सेवकल सेवामा जुटेको बताउनुभयो । तिमिल्सीनाका अनुसार सोमबार मात्रै पौखरीले पोखरा महानगरका करीब ११ सय जनालाई घरमै खाना पुर्याएको छ ।
पोखरा महानगरपालिका वडा नं ७ मासवारमा रहेको शान्तिनगर बैङ्क्युटबाट अहिले यो अभियान सञ्चालित छ । यसका सञ्चालक प्रजापति अधिकारी समेत यस अभियानमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४