काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोेरोना भाइरस संक्रमणको महामारीका बेला सरकारलाई बेमौसमी बाजा नबजाउन आग्रह गरेको छ ।
सरकारले राजनीतिक दलसम्बन्धी कानूनलाई संशोधन गर्न गरी संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्ययादेश ल्याउने निर्णय गरेसँगै कांग्रेसले यसलाई बेमोसमी बाजाको संज्ञा दिएको हो ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसारमा अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने भएको र नेपालका लागि पनि यतिबेला अन्य सबै विषय गौण भएको र रहनुपर्ने उल्लेख गरेका छन् । उनले नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहन सम्पूर्ण सोच र शक्ति समर्पित हुनुपर्ने जनाएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ठाडो प्रस्तावमा अध्यादेश ल्याउने निर्णय भएको हो ।
अहिलेको राजनीतिकि दलसम्बन्धी ऐनमा संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत बहुमत भएमात्र पार्टी फुटाउन सकिने व्यवस्था रहेको छ ।
मन्त्रिपरिषद् बैठकमा अहिले अध्ययादेश जारी गर्ने समय नभएको भन्दै केही मन्त्रीले भनेपनि प्रधानमन्त्रीले भने नेकपामा कुनै समस्या नभएको र नेकपा फुटाउनका लागि यो अध्यादेश नभएको प्रष्टिकरण दिएका थिए ।