Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पैसा नतिरे पनि इन्टरनेट नकाटिने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ५ २०७७
  • 5.7K
    SHARES

काठमाडौं । पैसा नतिरे पनि लकडाउन अवधिभर इन्टरनेट नकाटिने भएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले इन्टरनेट सेवा प्रदायकहरुलाई लकडाउन अवधिभर महशुल भुक्तानी नभए पनि सेवा बन्द नगर्न निर्देशन दिएसँगै ती सेवा प्रदायकहरुले इन्टरनेट सेवा बन्द गर्न नपाउने भएका हुन् ।
प्राधिकरणले हालको विषम परिस्थितिमा अत्यावश्यक सेवाहरु सूचारु राख्नुपर्ने बताउँदै केही सेवा प्रदायकहरुले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको गुनासो प्राप्त भएकोले यस्तो निर्देशन जारी गर्नुपरेको जनाएको छ ।
एनटीएले ती सेवा प्रदायकहरुलाई सम्भव भएसम्म अनलाईन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्न भनेको छ । तर अनलाइन माध्यमबाट भुक्तानी गर्ने व्यवस्था भए पनि भुक्तानी गर्न असमर्थ भएका ग्राहकहरुको हकमा इन्टरनेट सेवा लकडाउन अवधिभर निरन्तर सञ्चालन हुने व्यवस्था गर्न समेत प्राधिकरणले भनेको हो ।
साथै, लकडाउनपछि त्यस्तो शुल्क भुक्तानी गर्दा कुनै विलम्ब शुल्क लिन नपाइने समेत प्राधिकरणको निर्देशनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४