लक डाउनमा पनि राष्ट्रिय संगीतकर्मि संघले राहत बितरणमा तीव्रता दिएको छ।
नमुना दाहाल कार्की
काठमाडौं चैत २४ गते सोमबार राष्ट्रिय संगीतकर्मी संघको आकास्मिक केन्द्रीय समितिको बैठक हिजो बसि कोरोनाको विरुद्ध लागि पर्न विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। आपतमा परेका कलाकर्मी र सस्थाका सदस्यहरुमा राहत बितरण गर्ने कार्यलाइ संघले तिब्रता दिएको छ। येसै बीचमा विभिन्न ब्यक्तिहरुलाई विभिन्न ठाउँमा कलाकर्मीहरुलाई चामल दाल तेल नुन चिनी लगाएतका खाद्यान्न सामाग्री बितरण गरिएको छ।
सस्थाका अध्यक्ष राजेन्द्र कुमार कार्की उपाध्यक्ष उमा श्रेष्ठ उपाध्यक्ष अमृत खाती सचिवालय सदस्य राज कुमार हुमागाइ केन्द्रीय सदस्य सिर्जु अधिकारी गायिका रिमा बम ठकुरी गायक हिमाल खड्का लगाएतले विभिन्न फरक फरक ठाँउमा उक्त राहत बितरण गरिएको हो।
बालाजु बाइपास बाईस धारामा ७ जना लाई दोहोरी साझमा काम गर्ने गायक / गायिकाहरु दिपक शर्मा पुस्पा कार्की गिता अर्याल किरण केसि अस्मिता सुवेदी रन्जु फुल्ची लगाएतलाई बितरण गरिएको थियो भने बानियाँटारमा २ जना गायिका/ मोडेल रिता भट्ट दिपक भट्ट र जोरपाटीमा २ जना दृष्टि बिहिन कलाकारहरू दोहोरी साझ मै काम गर्ने पेम्बा लामा नबराज बस्नेत लगायतलाई बितरण गर्नका साथै गोकर्णेस्वर नगरपालिकाको बेसिगाउमा २ जना अति बिपन्न कलाकारका परिवारहरु सृष्टि थिङ र बिना तामाङ लगाएतलाई बितरण गरिएको थियो।
उक्त राहातको ब्यबस्थापन राष्ट्रिय संगीतकर्मी संघ केन्द्र लगाएत विभिन्न ब्यक्तिहरुले गर्नु भएको थियो। यो अभियान जारी रहने कुरा पनि उपाध्यक्ष अमृत खातीले जन न्युज नेपाल खबर प्रतिनिधि नमुना दाहाल कार्की लाई बताउनु भएको छ ।