Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सातवटै प्रदेशबाट कोरोनाको परीक्षण शुरु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २० २०७६
  • 1.8K
    SHARES

काठमाडौँ । उपत्यकाबाहिर कोरोना (कोविड १९) नमुना परीक्षण धमाधम भइरहेको छ । मंगलबार परीक्षणको लागि मेसिन पुगेपछि अब सातवटै प्रदेशमा नमुना परीक्षण धमाधम सुरु भएको छ ।
धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै शुरु भएको हो । अहिले धरानमा दैनिक १२ जनाको स्वाव परीक्षण शुरु गरिएको प्रतिष्ठानका कार्यवहाक उपकुलपति गुरु खनालले बताउनुभयो । ति सवैको नेभेटिभ रिर्पोट आएको जानकारी दिनुभयो । अरुको थप परीक्षण गर्ने तयारी भइरहेको छ ।
यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले मंगलबारबाट स्वाव परीक्षण सेवा शुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म तीन वटा परीक्षण गरिएकोमा दुई जनाको संक्रमण नदेखिएको र अर्को एक जना भने रिर्पोट आउन वाँकी रहेको छ ।
प्रदेश नं. २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ५ को वुटवल र बागमती प्रदेशको हेडौडाबाट पनि बिहीबार अर्थात आज बाट नमुना परीक्षण गर्ने काम हुन लागेको कोभिड १९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार यी पाँचै स्थानमा नमुना परीक्षणका लागि प्रोटेवल पिसिआर मेसिन सहित सम्पूर्ण सामाग्री पुगिसकेको छ । यसअघि नै प्रयोगशाला संचालन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनशक्ति खटाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४