रोशन ज्ञवाली
विश्वभरी फैलिएको कोभिड–१९बाट प्रभावित भएर दैनिक जीवन सञ्चालन गर्न समस्या भएकाका लागि हिजो मंगलबारदेखि काठमाडौं महानगरपालिकाले काठमाडौंका सबै वडामा राहत सामाग्रीको लागि आवेदन फर्म भर्नु पर्ने नियम लगाएको छ । तर काठमाडौंको वडा नंं. ७ मा राहत लिन गएकाहरुलाई फर्म लिन पनि हम्मेहम्मे भयो । यो दृश्य कम दर्दनाक थिएन होला । बाटोभरी दैनिक ज्यालादारी गर्नेदेखि लिएर ५ तले घरसम्म भएका व्यक्तिहरुको बाक्लो उपस्थिति थियो ।
वडा कार्यालयले आफै माइकिङ गरेर बोलाएपछि त्यहाँ दैनिक ज्यालादारी गर्नेदेखि उच्च ओहोदामा बस्नेहरुको बाक्लै भीड देखिएको थियो । भीडलाई नियन्त्रण गर्न गौशाला बृत्तको प्रहरी प्रशासनलाई गुहार्नु प¥यो । प्रहरी पनि वडा कार्यालयका कर्मचारीहरुदेखि हैरान भए । कहिले राहतको फर्म लिन भित्र बोलाउने कहिले बाहिर बस्ने भनेपछि प्रहरीले स्वयं वडाका कर्मचारीलाई ‘यो के पारा हो हजुरहरुको’ भनेर हप्काउन थाले ।
यसैवीचमा यसै वडाका एक जना व्यक्तिले तपाईले पनि यो फर्म लानुस, भर्नुस् तपाईलाई पनि केही न केही सहयोग हुन्छ भन्ने आश्वासन दिए ।
त्यसपछि यस अनलाइनका प्रतिनिधि वडा कार्यालयको वडा अध्यक्ष शुद्धोधन डंगोललको कोठा भित्र प्रवेश ग¥यो । लगभग ५ मिनेट कुराकानी भयो । उहाँले भन्नभुयो– तपाई त हेलमेट लाएर आउनु भएको छ, तपाईलाई पनि राहत चाहिन्छ र ? अनि मैले उहाँलाई प्रश्न तेस्र्याए ? के मेरो यहाँ घर छ र ? के मैले राहत पाउदिन ? बाहिर त आफ्नै घर भएका पनि आएका छन् त्यसलाई के भन्नु
हुन्छ ? हाम्रो पनि पसल छ, हजुरहरुलाई थाहा नै छ ‘लकडाउन’ भएको यत्रो दिन भो, हामी पनि त बाँच्नुप¥यो नि ? भन्दा वडा अध्यक्षले हाँसेर भन्नुभयो जे जति छ त्यो चलाउनुस् ? अन्तिममा केही हजुरसँग भएन भने आउनुस् म हजुरलाई हेर्छु भनेर हाँसेर जवाफ दिनु भयो ।
यसैवीचमा कुराकानीको आधारमा वडा अध्यक्ष डंगोल भन्दा उनका आसेपासेहरुले यस प्रतिनिधिसँग बढि कुराकानी गर्ने कोशिस गरे, अन्तत मलाई मैले भरेको फर्म दिनुस भनेर उठेर गएँ ।
यस प्रनिनिधिको एउटा मात्र उद्देश्य के हो भने– विहान काम गरेर साँझ छाक टार्ने व्यक्ति छुट्याउनु प¥यो । त्यहाँको माहोल हेर्दा के देखियो भने काठमाडांैमा ५ तले घर भएका पनि फर्म लिनेको उल्लेख्य थिए । तर जो ज्याला मजदुरी गरेर विहान र साँझको छाक टार्नेलाई सरकारलले उचित व्यवस्था गरिदिए तिनीहरुको पनि राहत पक्कै हुनेथियो तर हिजो र आजको भीड देखेर जो कोही पनि अचम्मित हुनु स्वभाविक थियो भीड नियन्त्रण गर्नु प्रहरीको काम हो तर त्यसलाई कसरी व्यवस्थापन गर्नु भनेको वडा कार्यालयकै हो नि होइन र ? जनताले तपाईलाई चुनेका हुन् कि भोलि केही प¥यो भने तपाईले उनीहरुलाई हेर्नु हुन्छ भनेर होइन र वडअध्यक्षज्यू ?
तर तपाईसँग मैले कुरा गरिरहेको बेला तपाईका शुचचिन्तक (आसेपासेहरु)ले प्रश्न गर्ने हो कि तपाईले ? यो पनि तपाई्सँग मेरो प्रश्न हो ?
अर्कोकुरा वडा अध्यक्षज्यू तपाईले काठमाडौंबाट प्रकाशित हुने ‘जन आकाश’ साप्ताहिकमा तपाईले दिएको अन्तरवार्ता मैले आज भन्दा लगभग १ वर्ष अगाडि पढ्ने मौका पाएको थिएँ । त्यसमा तपाईले दिएको अन्तरवार्ता निकै घतलाग्दो थियो, तपाईले भन्नु भएको थियो– ७ नंं वडाका जनता मेरा हुन् उनीहरुको पिरमर्का मैले हेर्ने हो ? तर हामी यसै ७ नंं वडामा (कोठामा) बस्ने जनता आज पनि तपाईको कामको प्रशंसा गरिरहेका छौं । तपाईले यो पनि भन्नु भएको थियो कि यो चाबहिल र गौशालाको बाटो चाँडै नै बनाउनु मेरो कर्तव्य हो, म कुनै पनि हालतमा बनाउँछु भन्नुभएको स्मरण मलाई अझैसम्म ताजै छ । हेर्नुस् त वडाअध्यक्षज्यू तपाईको घर पनि चाबहिलमा म पनि यही मित्रपार्कमा ? मित्रपार्कबाट चाबहिल पुग्दा कति खाल्डाखुल्डी छन् ? हजुर पनि त मर्निङवार्क जानु हुन्छ होल नि होइन र ? यसलाई हामी चाबहिल–मित्रपार्कवासीहरुले कसरी बुझ्ने ?