Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रसुवाका दुई व्यक्ति होम क्वारेन्टाइनमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १७ २०७६
  • 2K
    SHARES

रसुवा । विदेशबाट आएका दुई रसुवाली काठमाडौंँमा होम क्वारेन्टाइन बसेका छन् । गत हप्ता फ्रान्सबाट आएका ती दुईजना रसुवाको गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत वडा नं ५ क्षेत्रका बासिन्दा भएको र उनीहरूको नाम भने बताउन नमिल्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार आउन सक्ने महामारीप्रति सजग रहँदै सरकारको निर्देशनमा द्रूत रूपले व्यवस्थापन गरिएका क्वारेन्टाइन तथा आइसोलेशन वार्डमा भने कुनै पनि व्यक्ति आएका छैनन् ।
रसुवाका अग्लाअग्ला स्थानमा जडित रिपिटर टावरले विकट गाउँमा समेत सञ्चार सुविधा पुगेका कारण आफ्नै घरको आँगनमा बसी मोवाइलबाट प्राप्त इष्टमित्रलाई बाहिर नजानू र घरमा कुनै मानिस पनि आउन नदिनू भन्ने सरकारको सन्देश पालना भइरहेको लाङ्बु गाउँका समाजसेवी छेसाङदावा तामाङले जानकारी दिए ।
सुरक्षा अङ्गसमेत परिचालन भएको तथा स्थानीय गाउँपालिकाबाट राम्रो सहयोग भइरहेको गतलाङका पेम्बा तामाङले बताए । दुई सय ९४ घर बस्ती रहेको पर्यटकीय क्षेत्र लाङटाङमा पनि कोरोना भाइरसबाट जोगिन घरदैलामै दिइएको प्रशिक्षणबाट लाङ्टाङवासी सचेत भइसकेको बताउँदै गोसाइँकुण्ड ४ का वडाध्यक्ष सुप्पा तामाङले लाङ्टाङमा कार्यरत नेपाली सेना र नेपाल प्रहरीको सहयोग उल्लेखनीय रहेको बताए ।
हिमाली पदयात्राका लागि आएका पर्यटक लाङटाङ क्षेत्रमा दुईजना मात्र भएको र अन्य आआफ्ना देशतर्फ फर्किसकेका छन् । समुद्री सतह देखि तीन हजार ९०० मिटर क्षेत्रको उचाइमा अवस्थित पर्यटकीय क्षेत्र लाङ्टाङको क्याङ्जेन अहिले सुनसान रहेको पनि अध्यक्ष तामाङले जानकारी दिए ।
चीनबाट कोरोना भाइरस शुरू भएको र रसुवा जिल्ला सीमामा भएका कारण पर्न सक्ने विपद्लाई ध्यानमा राखी जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयबमोजिम दुई सयभन्दा बढी क्वारेन्टाइन एवं ३५ शय्या क्षमताको आइसोलेशन वार्ड तयारी हालतमा रहेको पनि प्रजिअ भण्डारीले जानकारी दिए । (रासस)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४