Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना भाइरसका कारण झण्डै ३४ हजारको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १७ २०७६
  • 4K
    SHARES

एजेन्सी । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण विश्वभर सात लाख २१ हजार भन्दा बढीमा मानिसमा भएको छ ।
पछिल्ला केही दिनयता अमेरिका तथा युरोप ‘हटस्पट’ बनेपछि संक्रमित तथा ज्यान गुमाउनेको संख्या अत्याधिक बढेको छ ।
अहिलेसम्म कोभिड–१९ पुष्टि भएकाको संख्या विश्वभर सात लाख २१ हजार ५६२ पुगेको छ । यस्तै कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या ३३ हजार ९६५ रहेको छ । अहिलेसम्म एक लाख ५१ हजार १२८ जनामा संक्रमण निको भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमणका कारण हुने मृत्युदर अहिले ३।४ प्रतिशत रहेको छ । मौसमी फ्लूका कारण हुने मृत्युदर भने एक प्रतिशत भन्दा कम रहने गरेको थियो।
पछिल्ला केही दिनदेखि अमेरिकामा संक्रमतिको संख्या लगातार उच्चदरमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ४२६ जनामा नयाँ संक्रमण पुष्टि भएपछि अमेरिकामा कुल संक्रमितको संख्या एक लाख ४२ हजार चार पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या २४ सय ८४ रहेको छ ।
यस्तै इटालीमा १० हजार ७७९ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ९७ हजार ६८९ रहेको छ। चीनमा कुल संक्रमितको संख्या ८१ हजार ४३९ तथा मृत्यु हुनेको संख्या ३३ सय छ । स्पेनमा ८० हजार ११० संक्रमित भएका छन् भने ६ हजार ८०३ जनाको मृत्यु भएको छ ।
जर्मनीमा संक्रमित ६२ हजार ९५ र मृत्यु हुनेको संख्या ५४१, फ्रान्समा संक्रमित ४० हजार १७४ र मृत्यु हुनेको संख्या २६ सय ६, इरानमा संक्रमित ३८ हजार ३०९ र मृत्यु हुनेको संख्या २६ सय ४० तथा बेलायतमा संक्रमित १९ हजार ५२२ र मृत्यु हुनेको संख्या १२ सय २८ रहेको छ ।
नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ पाको उमेरका व्यक्तिमा बढी घातक देखिएको छ। अहिलेसम्म पुष्टि भएका केस र त्यसको मृत्युलाई हेर्दा ८० वा त्यो भन्दा माथिको उमेरका व्यक्तिमा मृत्युदर १५ प्रतिशत भन्दा बढी रहेको छ ।
यस्तै ७० देखि ७९ वर्षका व्यक्तिमा यसको मृत्युदर ८ प्रतिशत रहेको छ । कम उमेरका व्यक्तिमा मृत्युदर अति कम देखिएको भए पनि जोखिम उच्च बन्दै गएको विज्ञले बताउन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४