नयाँ दिल्ली । विश्वभर महामारीको रुप लिएको कोरोनाको संक्रमण देशभित्र ह्वात्तै बढेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
मोदीले सामाजिक सन्जालमार्फत दिएको जानकारीअनुसार उनले राती सवा ८ बजे सम्बोधन गर्नेछन्। उनले कोरोना भाइरसबारे महत्वपुर्ण कुरा गर्ने बताएका छन्। भारतमा कोरोना भाइरसका कारण हालसम्म १० जनाको ज्यान गएको छ।