काठमाडौँ । कोरोना भाइरसको महामारी अन्त्य नभएसम्मका लागि सवारी चालकले मादक पदार्थ खाए–नखाएको थाहा पाउनका लागि हुँदै आएको परीक्षण अनिश्चित समयका लागि रोकिएको छ ।
कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप मापसे जाँच अत्यावश्यक बाहेकका अवस्थामा नगर्ने निर्णय ट्राफिक प्रहरीले गरेको हो ।
मापसे जाँच गर्दा संक्रमण फैलिने जोखिम हुने भएकाले कोरोना भाइरसको महामारी अन्त्य नभएसम्मका लागि रोक्ने निर्णय भएको ट्राफिक प्रहरीका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताएका छन् ।