काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले शुक्रबार अपरान्ह ५ बजे देशवासीका नाममा सम्बोधन गर्ने बताइएको छ ।
सरकारले नोभल कोरोना भाइरसबाट सचेत रहन आह्वान गरेको केही दिनपछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।
सम्बोधनका क्रममा सरकारी सञ्चारमाध्याम बाहेक अरु पत्रकारलाई प्रवेश नदिइएको जनाइएको छ । सम्बोधन नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुनेछ ।