काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमण बढीरहेको बेला त्यसको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु बन्द हुने भएको छ ।
सर्वोच्च अदालतमा शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको बैठकले अदालतहरु दुई साता बन्द गर्ने निर्णय गरेको हो । अदालतहरु आगामी चैन २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालत उच्च स्रोतले जानकारी दिएको हो ।