पुस्कर बस्नेत
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर डा. चिरिञ्जीबी नेपालको कार्यकाल आगामी बुधवारबाट सिद्धिएको छ । अब भने नयाँ गभर्नरका लागि प्रशस्त मात्रामा बाटो खुल्ला भएको छ । अबको एक हप्ता भित्रमा नै नेपाल राष्ट्र बैंकले शिवाकोटीलाई नयाँ गभर्र्नरमा नियुक्त गर्नेछ । नेपालको बैंकिङ क्षेत्र र पुँजी बजारलाई समेत सहि बाटोमा लानका निम्ति गभर्नरको विशेष भूमिका हुने भएकाले यो महत्वपूर्ण निकायका रुपमा धेरैको ध्यान केन्द्रीत हुने गर्दछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक राख्ने भएका छन् । मिर्गाैला प्रत्यारोपणका लागि १२ दिन अस्पताल बसेर प्रधानमन्त्री ओली फर्केका एक साता बित्न लागेपनि उनको स्वास्थ्यको कारण मन्त्रिपरिषद बैठक बस्न सकेको थिएन ।
विवश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसबाट बच्न र यसको सन्त्रासबाट उत्पन्न भएको आर्थिकलगायतका संकटन सामना गर्न मन्त्रिपरिषदले नीतिगत निर्णय गर्नुपर्ने वाध्यात्मक अवस्था आएपछि मन्त्रिपरिषद बैठक बोलाउन लागिएको हो । यस्तै, नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त भएपनि सो पदमा नियुक्तिको लागि प्रक्रिया सुरु गर्न मन्त्रिपरिषदले नै अग्रसरता लिनुपर्ने भएकाले बैठक बोलाउन लागिएको प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले राष्ट्रिय आर्थिकलाई जानकारी दिएको छ ।
हाल शिवाकोटीलाई निमित्त गभर्नरको रुपमा थप जिम्मेवारी दिएको छ । शिवाकोटी अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अत्यन्तै विश्वास गरेको व्यक्ति हुन् । शिवाकोटी अबको केही दिनमा नेपाल राष्ट्र बैंकको गभर्नर बन्नेमा कुनै दुइमत नरहेको कुरा प्रधानमन्त्री कार्यालयको सचिवालय स्रोतले राष्ट्रिय आर्थिक मासिकलाई जनाएको छ । नेपाल राष्ट्र बैंक भनेको मुलुकको अर्थतन्त्र सम्बन्धि अत्यन्त महत्वपूर्ण निकाय भएकोले समेत अन्य केही व्यक्तिहरुको नाम चर्चामा रहेको छ । शिवाकोटीसँग अन्य केही व्यक्ति महाप्रसाद अधिकारी, डा. गोविन्द्र बहादुर थापा, शिवराज श्रेष्ठ र राजन खनालको नाम पनि समेत चर्चामा रहेको छ
। अरुको केही चर्चा भएपनि यो ठाउँमा गभर्नर बन्ने व्यक्ति भनेको शिवाकाटी नै हुने कुरा राष्ट्रिय आर्थिकलाई अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडाले विश्वास गरेका व्यक्ति हुन् शिवाकोटी । किनभन्दा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा अनुसार मुलुकको वित्तीय प्रणालीलाई सहि मार्गमा लानको निम्ति महत्वपूर्ण ढंङ्गबाट काम गरेकै कारण शिवाकोटीलाई रुचाएको कुरा अर्थ मन्त्रालय सचिवालय स्रोतले राष्ट्रिय आर्थिकलाई जानाकारी दिएको छ । नेपाल राष्ट्र बैंकको प्रचलित नियमअनुसार एक महिनाअघि नै गभर्नर नियुक्तिको प्रक्रिया शुरु गर्नुपर्ने केही प्रावधान रहेको भएता पनि प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा असर परेका कारण यो प्रक्रिया केही दिन ढिलो हुन गएको हो ।
अर्थमन्त्रीको अध्यक्षतामा एक जना पूर्व–गभर्नर तथा एकजना अर्थशास्त्रीसहित ३ सदस्यीय सिफारिस समिति गठन भई सिफारिस समितिले सिफारिस गर्ने सिफारिसको आधारमा एकजनालाई सरकारले गभर्नर नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री खतिवडा नै अब बन्ने गभर्नर शिवाकोटीको विकल्पका रुपमा अरु हुनै सक्दैनन् भनेर भित्रि रुपमा लागिपरेका छन् । यो समयले निर्धारण गरेको हो र शिवाकोटीले नेपाल राष्ट्र बैंकमा डुपुटी भगर्नर रहेर गरेको महान कामको प्रतिफल समेत हो, नेपाल राष्ट्र बैंकको पूवै गभर्नर तथा अर्थविद् हिमालय शमशेर राणा बताउनुहुन्छ । राणाले थपे, शिवाकोटीले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर रहँदा गरेको कामको उच्च मूल्यांकनकै कारण उनको विकल्पमा अरु हुन सक्दैन, राणाले बताए ।
त्यहिँ भएर शिवाकोटीलाई नै अबका केही दिनमा गभर्नरको कार्यभार सुम्पनेछन् । अर्थमन्त्री खतिवडा पनि शिवाकोटीको पक्षमा देखिनु र प्रधानमन्त्री ओली समेत शिवाकोटीकै पक्षमा अबको गभर्नर बन्ने सम्भावना शिवाकोटीकै उच्च रहेको कुरा प्रधानमन्त्री कार्यालय सचिवालय स्रोतले राष्ट्रिय आर्थिकलाई जानकारी दिएको छ । समग्र नेपालको र्बैंकिङ क्षेत्र र विश्वको पुँजीबजार सम्बन्धि धेरै राम्रो ज्ञान भएको कारण अहिले शिवाकोटीलीलाई नै समग्र वौंद्धिक जगतदेखी व्यवसायीहरुको माग रहेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणालाई समेत तिनै शिवाकोटी गभर्नर भएर आउँदा पूरा गर्न सक्दछन भन्ने विश्वास प्रधानमन्त्री ओलीमा रहेको छ । यस अर्थमा पनि अबको केही दिन भित्र नै नेपाल राष्ट्र बैंकले नयाँ गभर्नरको रुपमा शिवाकोटीलाई नियुक्ति गर्नेछ । शिवाकोटीसँग अन्य केही व्यक्ति महाप्रसाद अधिकारी, डा. गोविन्द्र बहादुर थापा, शिवराज श्रेष्ठ र राजन खनालको नाम पनि केही चर्चामा रहेको छ तर तिनीहरु सबैलाई उछिनिएर अबको १० दिन भित्रमा नै नेपाल राष्ट्र बैंकले नयाँ गभर्नरको रुपमा शिवाकोटीलाई नियुक्ति गर्नेनै छ ।
तिनै शिवाकोटी नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा रहेर काम गर्दा धेरै राम्रो काम गरि बैंकिङ क्षेत्रमा आइपर्ने विभिन्न खालको समस्या र विभिन्न खालको नेपाल राष्ट्र बैंकको मौदिक नीति, मुद्रण प्रणालीलाई समेत शिवाकोटीले सही रुपबाट व्यवस्थापन गर्दै आफूलाई अग्र भागमा उभ्याएकै कारण केही दिनमा रिक्त हुने गभर्नरका लागि नेपाल राष्ट्र बैंकको इतिहासलाई समेत सही मार्गदर्शनमा लानका निम्ति अहिलेको नेपालको आर्थिक क्षेत्रको अतिरिक्त अन्य क्षेत्रलाई समेत लिड गर्न सक्ने क्षमताकै कारण शिवाकोटीको विकल्प छैन । यस अर्थमा पनि सजलै भन्न सकिन्छ, तिनै शिवाकोटीले नेपालको बैंकिङ क्षेत्र, पुँजीबजार अबको समृद्ध नेपाल निर्माण कसरी सम्भव गर्न सकिन्छ भन्ने लगायतका दर्जनौ दर्जन नेपालका प्रिन्ट लाइन र केही विदेशी पत्रिकाहरुमा समेत आफ्नो लेखहरुलाई समग्र नेपाली बजारमा प्रस्कने काम गर्दै आएका छन् ।
तिनै शिवाकोटीसँग विश्वको धेरै देशको अर्थतन्त्रलगायतको बैंकिङ क्षेत्र सम्बन्धि तिन दशकको लामो अनुभव रहेको छ । शिवाकोटीले हिजो राष्ट्र बैंकको डेपुटी गभर्नर रहँदा मुलुकको मौद्रिक तथा वित्तीय व्यवस्थापनलाई सहज तथा प्रभावकारी रुपबाट भूमीका निर्वाह गर्दै आएको कुरा अर्थमन्त्री र प्रधानमन्त्रीलाई समेत राम्रो ज्ञान रहेको छ ।