काठमाडौं । कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघिसकेको छ । हालसम्म २ लाख ४५ हजार बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । ति मध्ये ८८ हजार १ सय ५१ जना निको भएका छन ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी इटालीमा ३ हजार ४ सय ५ जनाको मृत्यु भएको छ । इटालीमा ४१ हजार भन्दा बढी संक्रमित भएका छन् ।
चीनमा ८० हजार ९ सय ६७ जना संक्रमित भएका छन भने ३ हजार २ सय ४८ जनाले ज्यान गुमाएका छन् । अहिले चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउने क्रम जारी छ ।
त्यसैगरी इरानमा १८ हजार ४ सय ७ संक्रमित रहेको र १ हजार २ सय ८४ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इरानपछि स्पेनमा पनि कोरोना संक्रमण तीव्र गतिमा देखिएको छ । जहाँ १८ हजार बढी सक्रमित रहेका छन् भने ८ सय ३१ जनाले ज्यान गुमाएका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १ सय ७६ देशमा फैलिएको छ ।