Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शहिद लखनमा सामाजिक सुरक्षा कार्यक्रमको अनुगमन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ६ २०७६
  • 4.4K
    SHARES

गोरखा । शहिद लखन गाउँपालिका अन्तर्गत रहेको सामाजिक सुरक्षा कार्यक्रम समितिले गाउँपालिकाको नौवटै वडामा अनुगमन गरेको छ । चैत ४ र ५ गते गरिएको अनुगमनमा समितिका अध्यक्ष एवं गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, सदस्य कृष्ण चेपाङ, पञ्जिकरण शाखाका कर्मचारी सोम आले, जुनुमाया घर्ती मगर, पत्रकार, सम्बन्धित वडाका अध्यक्ष वडा सचिव लगायतको सहभागिता रहेको थियो ।
अनुगमनको क्रममा सामाजिक सुरक्षा भत्ता वितरणका लागि कतिपय वडाहरुले पुरानो मिसिलमा अभिलेख राखेको र केही वडाहरुले नयाँ फर्मेट अनुसार अभिलेखिकरण गरेको अनुगनकी उपाध्ययक्ष इन्दिरा तिवारीले बताउनुभयो । वडा नं १, २, ३, ६, ९ मा पुरानै विधि अनुसार रेकर्ड भेटिएको र वडा नंं ४, ५, ७ र ८ मा नयाँ प्रणाली अनुसार अभिलेख चुस्तदुरुस्त रहेको उहाँले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता सम्बन्धमा वर्षेनी सार्वजनिक सुनुवाई गर्न सुझाव प्रदान गरिएको अर्का सदस्य कृष्ण बहादुर चेपाङले बताए । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत आएको अनुसूचि ३ र ५ बमोजिम जेष्ठ सदस्य, दलित , एकल महिला, दलित बालबालिकहरुको रेकर्ड राख्न अनुगमनको क्रममा सुझाव प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४