काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा ५०० रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
बुधबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले तिरुवालाई रिहा गर्न आदेश दिएका हुन् ।
राष्ट्रिय सभागृहमा भरतमोहन अधिकारी फाउण्डेशनद्वारा आयोजित स्मृतिसभामा फागुन १८ गते तिरुवाले दाहालमाथि जुत्ता हानेका थिए ।