Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना भाइरसः सबै शैक्षिक संस्थाहरु बन्द, २५ जनाभन्दा बढी जम्मा हुने नपाइने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ५ २०७६
  • 4K
    SHARES

काठमाडौँ । सरकारले कोरोना भाइरसको संक्रमणसँग लड्नका लागि धेरै मानिसहरु जमघट हुने सबै स्थानहरुसहित शिक्षण संस्थाहरु बन्द गर्न निर्देशन जारी गरेको छ।
सरकारले अत्यावश्यक कामबाहेक आवतजावत र हिँडडुल नगर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन पनि आज बुधबार निर्देशन दिएको छ । त्यस्तै सार्वजनिक सवारी साधनमा सिट क्षमतामा मात्र यात्रु ओसारप्रसार गराउन पनि निर्देशन दिइएको छ । कोरोना नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समिति बैठकले यो निर्णय गरेको हो।
सरकारले युरोपका सबै मुलुकहरु, पश्चिम एसियालगायत खाडी मुलुकहरु इरान, टर्की, मलेसिया, जापानबाट आउने र ती मुलुकका ट्रान्जिट बनाई जुनसुकै मुलुकबाट आउने यात्रुहरुलाई शुक्रबार मध्यरातदेखि लागुहुने गरी प्रतिबन्ध लगाउने निर्णयसमेत गरेको छ ।
बिहीबारदेखि सञ्चालन हुन लागेको एसईई परीक्षा हेल्थ डेस्क स्थापना गरी व्यवस्थित रुपमा सञ्चालन गर्ने तर अन्य सबै शैक्षिक संस्थाहरु चैत मसान्तसम्म बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४