Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फेदिखोलामा असिनापानीले पुर्‍याएको क्षतीको मन्त्री अर्यालद्वारा स्थलगत निरीक्षण


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३ २०७६
  • 2.8K
    SHARES

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले स्याङ्जा स्थित फेदिखोला नगरपालिकामा असिनापानी चट्याङले पुर्‍याएको क्षतीको स्थलगत निरिक्षण गर्नुभएको छ । मन्त्री अर्याल आज ९सोमबार० फेदिखोला गाउँपालिका पुगेर शनिबार राती आएको हावाहुरी चट्याङ सहितको असिनापानीले गाउँपालिका क्षेत्रमा पुर्‍याएको क्षतीको निरिक्षण गर्नुभएको हो ।
असिनापानीले ठूलो मात्रामा क्षती पुर्‍याएको क्षेत्र फेदिखोला गाउँपालिका वडा नम्बर ४ को आरुखर्क र वडा नम्बर २ को कुडुले भन्ने स्थानमा पुगेर मन्त्री अर्यालले स्थलगत निरिक्षण गर्नुभएको हो । असिनापानीले क्षती पुर्‍याएको क्षेत्रमा पुगेर मन्त्री अर्यालले कृषिमा लगानी गरेर अगाडी बढेमा कृषिमार्फत देश समृद्ध हुने भन्दै त्यसैका आधारमा फेदिखोलाबासी कृषिमा लागेको बताउनुभयो ।
यस क्षेत्रमा प्राकृतिक विपत्तिबाट ठूलो क्षति हुन पुगेको भन्दै यस क्षतिबाट निराश नभएर फेरिपनि उर्जाका साथ कृषि क्षेत्रमा अगाडी बढ्न मन्त्री अर्यालले त्यस क्षेत्रका नागरिकलाई आग्रह गर्नुभएको छ । ुतपाईहरु कृषि क्षेत्रमा उर्जाका साथ लाग्नुभयो । यो कार्यको म उच्च प्रसंशा गर्दछु । अहिले प्राकृतिक विपद् आएर ठूलो क्षति पुर्‍याएको छु, मन्त्री अर्यालले भन्नुभयो, ुयस क्षतिबाट तपाईहरु कतिपनि विचलित नभएर फेरिपनि उर्जाका साथ लाग्नुस् । राज्यले तपाईहरुलाई सहयोग गर्छ ।ु
मन्त्री अर्यालले गाउँपालिकाको सबै क्षेत्रमा पुगेको क्षतिको मूल्यांकन गरेर विवरण पेश गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, कृषि कार्यालयका प्रमुख, गाउँपालिका प्रमुखलाई आग्रह गर्नुभएको छ । सबै विवरण आइसकेपछि संघ प्रदेश र स्थानीय तह मिलेर उचित क्षतिपुर्ती दिने मन्त्री अर्यालले प्रतिबद्धता दिनुभयो ।
गत शनिवार ९चैत १ गते० राति साढे ११ बजेदेखि साढे २ बजेसम्म अबिरल रुपमा परेको असिनापानीले वडा नम्बर १, २, ३, ४, ५, ९ वडामा क्षती पुर्‍याएको छ । असिनापानीका कारण टनेल, सागसब्जी, सुन्तलाको रुखहरु, डाले घाँस सबै ध्वस्त भएको वडा नम्बर ४ का अध्यक्ष माधव शर्माले जानकारी दिनुभयो । यस्तो ठूलो असिनापानी ययसअघि आएको थाहा नपाएको उहाँले बताउनुभयो । ु२०२४ सालमा अलिअलि आएको थाहा पाउछौ । त्यसपछि यस्तो असिनापानी आएकै छैन । म अहिले ५८ वर्षको भए यस्तो असिनापानी आयो की सबै कुरा लगेर गयोु, वडाअध्यक्ष शर्माले भन्नुभयो ।
शर्माका अनुसार १ नम्बर वडामा ६० प्रतिशत, २ नम्बर वडामा ५५ प्रतिशत, ३ नम्बर वडामा ५० प्रतिशत क्षति भएको छ । उहाँकाअनुसार वडा नम्बर ४ मा सबैभन्दा बढी क्षती भएको छ भने ५ नम्बर वडामा कम क्षति भएको छ । १,२ वटा घरमा चट्याङ परेपनि क्षति भने भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४