Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुशल गभर्नर छान्न विज्ञहरुको सुझाव


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३ २०७६
  • 2.3K
    SHARES

काठमाडौं । नयाँ गभर्नर स्वच्छ छवी भएका राष्ट्रबैंक भित्रकै योग्य र सक्षम व्यक्ति बनाइनुपर्ने विज्ञहरुको धारण छ । आइतबार एक कार्यक्रममा पुर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले नेपाल राष्ट्र बैंकको नयाँ गर्भनरमा राष्ट्रबैंक भित्रकै योग्य र सक्षम व्यक्तिलाई नियुक्त गर्नुपर्ने बताउनुभएको छ । नयाँ गर्भनरको नियुक्तिमा ढिलाई भइसकेको भन्दै कोइरालाले राष्ट्रबैंकको नयाा गर्भनर सरकारले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति भन्दापनि राष्ट्रबैंकको नेतृत्व लिनसक्ने व्यक्तिलाई बनाउनुपर्ने कुरामा जोड दिनुभएको हो । कोइरालाले भन्नुभयो ‘कार्यकर्ताजस्तो लगाएको काम मात्रै गर्ने नभई आफ्नै विवेकले नेतृत्व गर्न सक्ने व्यक्ति राष्ट्रबैंकमा आवश्यक छ ।’ पछिल्लो समय विश्वभर फैलिरहेको कोरोना भाइरसको त्रासबाट नेपाली अर्थतन्त्रलाई जोगाउन सक्ने कुशल नेतृत्व राष्ट्र बैंकका लागि आजको आवश्यकता हो, उहाँले भन्नुभयो ।

राष्ट्रबैंकमा सरकारले आफ्नो विश्वासपात्र राख्न खोज्ने पछिल्लो परिस्थितिमा योग्य व्यक्ति चयन गरे राम्रो हुने र असक्षम व्यक्ति चयन गरे बैंकमा खराबी बढ्ने कोइरालाको भनाई छ । सरकारको आर्थिक नीति परिचालनको जिम्मेवारी सक्ने व्यक्ति नै गभर्नरका लागि योग्य हुने र यसतर्फ सरकारले ध्यान दिनेमा कोइरालाले विश्वास व्यक्त गर्नुभयो ।

सञ्चार केन्द्र नेपालको आयोजना आइतबार भएको पत्रकार सम्मेलनमा बोल्नुहुँदै राष्ट्र बैंककमा प्रथम गभर्नर हिमालय शमशेर राणाले राष्ट्र बैंकको राम्रो जग बसिसकेकाले जस्तो व्यक्ति आएपनि बेंक निश्चित पद्धती र प्रणालीबाट चलिरहेको र कमिटीबाट निर्णय हुने प्रणालीका कारण सममस्या नहुने बताउनुभएको छ । पहिले पहिले नाम चलेका सक्षम व्यक्ति बैंकको गभर्नरमा आउने गरेको भएपनि पछिल्लो समय राजनीतिकरण हाबी हुँदै आएको उहाँको भनाइ छ । राणाले नेपाल राष्ट्र बैंकको भावी गभर्नरमा निजी क्षेत्र र अर्थशास्त्रको राम्रो ज्ञान भएको, कर्मचारी र ट्रेड यूनियनहरुलाई नियन्त्रण र व्यवस्थापन गर्न सक्ने, अन्तराष्ट्रिय अर्थतन्त्रको ज्ञान भएको व्यक्ति मात्रे राष्ट्र बैकको गभर्नरका लागि उपयुक्त हुने धारणा राख्नुभयो ।
पछिल्लो समय लगानीमैत्री वातावरण बनाउनुपर्ने, कृषि , जलविद्युत र पर्यटन क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने र लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्नुपर्ने सवालमा राष्ट्रर्बैकले विशेष जोड गर्नुपर्नेमा राणाले जोड दिनु्भयो ।
कार्यक्रममा कृषि विकास बैंककका अध्यक्ष तथा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले प्रणालीगत जोखिमबाट बैंकलाई मुक्त गर्नुपर्ने, बैंक भित्रको संरचनागत समस्याको मनोविज्ञानलाई कठोरताका साथ नियन्त्रण गर्नुपर्ने र बैंकको स्वायत्तता र स्वतन्त्रतालाई ख्याल गर्नुपर्ने र सरकार तथा दाताहरुलाई समन्वय गर्न सक्ने व्यक्ति राष्ट्र बैंकलाई आवश्यक पर्ने बताउनुभयो ।
त्यसैगरी, अर्का वक्ता राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनकराज शाहले राष्ट्र बैंक विशिष्टिकृत बैंकिङ्ग प्रणालीमा जानुपर्ने, बैंकिङ्ग क्षेत्रमा बढेको माफियाहरुको चलखेल रोक्नुपर्ने, उद्योग तथा कलकारखानाहरुलाई आवश्यकताबमोजिमको पूंजी परिचालन गर्नुपर्ने सुझाव दिनुभयो ।
‘मुलुककका सबै स्थानीय तहमा बैंकका शाखाहरु स्थापना भएपनि कार्यसञ्चालन भने भद्रगोल अवस्थामा रहेको छ । यसलाई मिलाउने चुनौती नयाँ गभर्नरको काँधमा छ’, उहाँले भन्नुभयो ।
बैंकर्स एशोसिएसनका अध्यक्ष भुवन दाहालले आर्थिक विकासका लागि देशैभरीका सबै बैंकहरुलाई राम्रो अभिभावकको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रमका अर्का वक्ता युवा स्वरोजगार कोषका पूर्व कार्यकारी निर्देशक विनोद गुरागाइले राष्ट्र बैंकले अझैपनि नागरिकको खल्तीमा भएको पैसा सार्वजनिक सहभागिताका माध्यमबाट पहिल्याउन नसकेको उल्लेख गर्दै लगानीका नयाँ क्षेत्र खोज्नुपर्नेमा जोड दिनुभयो ।
केन्द्रका अध्यक्ष एवं प्रेस काउन्सिलका सदस्य गोविन्दप्रसाद चौंलागाईको अध्यक्षतामा भएको कार्यक्रममा कलेजोपीडित बैतडीका पत्रकार महेश अवस्थीलाई उपचार वापत प्रशासक पार्वती शर्माले उपलब्ध गराएको ५ हजार रुपैया सहयोग पत्रकार टंक पन्तमार्फत प्रदान गरियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४