Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“कोभिड १९” को वहानामा कालोवजारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३ २०७६
  • 3.6K
    SHARES

बुटवल । “कोभिड १९” को वहानामा कालोवजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ ।
कालोबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन, नियन्त्रण र नियमनको काम गरे निजी क्षेत्रका संघ संस्थाहरुले सघाउने प्रतिवद्धता समेत जनाएका छन्
रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले सोमवार बुटवलमा आयोजना गरेको साक्षत्कारमा बोल्दै बजारमा माक्स, खाद्यान्य तथा दैनिक उपभोग्य मालसमानको अभाव देखिन थालेको भन्दै त्यस तफै सरकार सचेत हुनुपर्ने बताए ।
स्वास्थय निर्देशनालयका प्रवक्त तथा वरिष्ठ जनस्वास्थ अधिकृत रोशनलाल चौधरीले प्रदेशमा १ सय १९ वटा आइसोलेशन वार्डको तयारी भएकाले कोरोनाबाट आतंकित हुने अवस्था नरहेको बताए । “सचेत बनौँ । प्रदेश सरकार क्वारेन्टाइनको खोजीमा छ । जनता सचेत हुनुपर्ने छ । तर आतंकित हुने अवस्था छैन् ।”— उनले भने ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले कोरोना नियन्त्रको लागि सरकारले उचित तयारी गर्न नसकेको बताए । कोरोनाका बारेमा बास्तविक सुचना दिन सरकार चुकेको भन्दै बास्तविक सूचना दिन सरकारसँग उनको आग्रह छ । बजारमा कोरोनाको वहानामा उपभोग्य सामाग्रीको कृतिम अभाव देखिएको भन्दै उनले बजार अनुगमन गरी गलत काममा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरे ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले दक्षीणी सीमाना खुला भएका कारण उच्च जोखिम हुने भन्दै त्यस तर्फ सचेत हुनुपर्नेमा जोड दिए । अनावस्यक स्टक राखेर सटेज देखाउन नहुने भन्दै उनले कृषि जन्य वस्तुमा समस्या नरहेको बताए । सरकार र निजी क्षेत्रबीच उचित समन्वय अवस्यक रहेको उनको भनाई छ ।
साक्षात्कारमा बोल्दै रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले बजारमा देखिएको कालोबजारी नियन्त्रणका लागि संघले सरकारलाई सघाउ तयार रहेको बताए । “सरकारले वजारलाई प्रभावकारी रुपमा अनुगमन गर्न तर्फ अघि बढ्नु पर्छ, हामी सहयोग गर्न तयार छौँ, सरकारले उपभोग्य वस्तु कति चाहिन्छ । अवस्था कस्तो छ, सरकाले बास्तविक अवस्थाको चित्रण गर्नु पर्छ ।”— उनले भने ।
रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले चीन र भारतबाट आउने कच्चा पदार्थ सकिँदा उद्योगहरु बन्द हुने अवस्था हुने उनले बताए । स्वदेशी उत्पान तर्फ अग्रसर हुनुपर्ने भन्दै उनले सरकारले उत्पादनका लागि उत्पे्ररण दिनु पर्ने बताए । बजारमा माक्स अभाव देखिनुमा एक्कासी मागमा भएको बृद्धि नै भएको भन्दै यस्तो अवस्थामा कालोबजारी नर्गन व्यवसायिलाई अग्रह गरे । साक्षात्कार क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४