Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

 प्रधानमन्त्री केपी ओलीले राजीनामा दिँदा नै उचितःरा प्र. पा. अध्यक्ष जबरा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १ २०७६
  • 3.6K
    SHARES

ओलीले राजीनामा दिँदा नै उचितः अध्यक्ष जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले भने,‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण उहाँले जे–जे गर्दा आराम गर्न सक्नुहुन्छ, त्यो गर्नुपर्छ ।’
अध्यक्ष जबराले प्रधानमन्त्री ओलीले स्वस्थ हुँदापनि मुलुकप्रतिको कर्तव्य निर्वाह गर्न नसकेको टिप्पणी गरे । उनले भने,‘उहाँ स्वस्थ हुँदापनि मुलुकप्रतिको कर्तव्य उहाँले निर्वाह गर्नुभएको थिएन् । त्यसैले उहाँले राजीनामा दिँदा नै उचित हुन्छ । उहाँलाई जे–जे गर्दा आराम हुन्छ, त्यो गर्न दिउँ ।’
उनले प्रधानमन्त्री ओलीमात्रै नभएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै मुलुकप्रतिको आफ्नो कर्तव्यमा चुकेको आरोप लगाए । उनले वर्तमान सरकारले जनतालाई कुनैपनि किसिमको सेवा प्रदान गर्न नसकेको गम्भिर आरोप लगाए । उनले भने,‘नेपाली जनताले भारी बहुमत दिएर यो सरकारलाई पठाएको हो, तर, सरकारले कुनैपनि किसिमको सेवा दिन सकेन् । सरकार सेवा दिने कुरामा असफल भयो ।’
अध्यक्ष जबराले नेकपाले गाउँ–गाउँसम्म भ्रष्टाचार विकेन्द्रीकरण गरेको पनि आरोप लगाए । उनले भने,‘अहिले व्यापक भ्रष्टाचार बढेको छ । सरकाले काण्डै काण्ड घटाएको छ । ललितानिवास काण्ड, बुढीगण्डकी काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, संवैधानिक निकायमा राजनीतिकरण भएको छ । न्यायालयमा त झनै बढि राजनीतिकरण भयो ।’ वर्तमान सरकार सबै फाँटमा असफल भएको उनको टिप्पणी छ ।
उनले विदेश नीतिमा पनि झनै असफल भएको दाबी गरे । उनले भने,‘अमेरिकी सहयोग एमसीसी लिने सवालमा त नेकपाले कार्यदल बनाएर गाईजात्रा देखायो ।’ त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि मुलुकमा बेथिति र विसंगति हुँदापनि कुनै किसिमको खबरदारी गर्न नसकेको उनको अर्को आरोप छ ।
उनले मुलुकको यस्तो अवस्थामा आफूहरु राष्ट्रवादी शक्तिहरु एकजुट भई औंला ठड्याएर बोल्नको लागि एकता गरेको पनि विश्वास दिलाए । उनले आफूहरुले सबै पक्षलाई स्विकार्य हुनेगरि साझा संस्थाको रुपमा राजसंस्था हुनुपर्ने कुरा गरेको सुनाए ।
उनले भने,‘हामीले सबै पक्षलाई स्विकार्य हुनेगरि साझा संस्थाको रुपमा राजसंस्थासहित प्रजातन्त्रको कुरा गरेका छौं ।’ यद्धपी उनले आफूहरु संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले भने,‘हामीले संविधान जारी गर्दापनि केही असहमति राखेका थियौं, खासगरी हिन्दूधर्मको बारेमा, हामीले यसको लागि संशोधनपनि हालेका थियौं ।’
उनले राजसंस्था नेपालको पूराना संस्था भएकोले यसले निश्पक्ष भूमिका निर्वाह गर्न सक्नेपनि बताए । उनले भने,‘राजसंस्थाको लागि वादविवाद, बहस जारी राखौं, सबै पक्षको सहमति गरौं भन्ने हाम्रो भनाई हो । सबै पक्षलाई राजसंस्था स्विकार्य गर्नको लागि हामी बहस तथा पैरवी गर्छौं ।’
संविधान जारी गर्दा राप्रपापनि चार दलमध्ये एक शक्ति भएकोले आफूहरु संविधानप्रति प्रतिबद्ध रहेको उनको भनाई छ । उनले हिन्दूराष्ट्र बनाउनको लागि मुलुकभरि राजनीति परिचालन गरिने पनि सुनाए । उनले भने,‘हिन्दूराष्ट्र बनाउनको लागि दुई तिहाई बहुमत चाहिन्छ, त्यसप्रति पार्टीको राजनीति परिचालन हुन्छ ।’ उनले आफूहरुको एकता नेपाली जनतालाई अहिलेको अवस्थाबाट उद्धार गर्नपनि भएको सुनाउँदै त्यसको लागि पार्टी तयार रहेको सुनाए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्न सार्क सदस्य राष्ट्र एक भएर लड्नुपर्ने भनेर राखेको प्रस्ताव सकारात्मक भएको पनि उनले स्पष्ट पारे । उनले भने,‘हाम्रो सरकार त कोरोना भाइरसबारे लापरवाही गरेर बसेको छ । सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने कुरा गरेको छ । सरकारको यो कदम अत्यन्तै चिन्ताजनक र निन्दनीय छ ।’ उनले मोदीको पहल राम्रो भएको भन्दै यसले नेपाल सरकारलाई ‘रेस्क्यु’ गरोस र राम्रो होस भन्ने कामनासमेत गरे ।
हरेक वर्ष नेपालको बजेटको ३०÷४० प्रतिशत बजेट खर्च नहुने गरेको सुनाउँदै अध्यक्ष जबराले कोरोनाबाट बच्नको लागि चाहिने अत्यावश्क ईक्युपमेन्ट, प्रोटेक्शन क्लोथ, मास्क लगायतका सामाग्री खरिद गर्न सरकारलाई आग्रह गरे ।
फरक प्रसंगमा उनले सुनिल थापाले पार्टी छोडेको भन्ने प्रश्नमा त्यो कुरा सत्यता नभएको स्पष्ट पारे । उनले भने,‘सुनिल थापाले पार्टी छोड्नु भएको छैन् । केही रिजर्भेशन राखेको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४