Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रमेश खरेललाई कँडेलको चुनौती


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १ २०७६
  • 12K
    SHARES

काठमाडौं । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले पूर्व डिआईजी रमेश खरेललाई सरकारी पेन्सन त्यागेर राजनीतिक अभियानमा लाग्न सुझाव दिएका छन् । हालैमात्रै खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’को शुभारम्भ गरेका थिए ।
उक्त अभियानको मुख्य नारा ‘सुशासनका लागि भ्रष्टाचारको अन्त्य गरौं’ भन्ने छ । कँडेलले कुनैपनि नेपाली नागरिकले नेपालको समृद्धि र सुशासनको लागि बारेमा सोच्नु अत्यन्तै सकारात्मक भएको उल्लेख गर्दै खरेलले पनि अभियान सञ्चालन गर्नु राम्रो पक्ष भएको तर्क गरे ।
यद्धपी उनले खरेलले सरकारी पेन्सन खाएर सरकारकै विरोध गर्नु अवैज्ञानिक तथा गैरराजनैतिक कदम हुने टिप्पणी गरे । उनले खरेलमात्रै नभएर सरकारी पेन्सनधारीहरुले राजनीतिक अभियान र त्योसँग सम्बन्धित अभिव्यक्ति दिने हो भने पेन्सनको सुविधा त्याग्नुपर्ने पनि सुझाव दिए । उनले भने,‘अहिले मैले रमेश खरेलजीलाई यो प्रश्न तेर्साए, यस्तै प्रश्न नैतिकताका आधारमा अरुलाईपनि लागु हुन्छ ।’
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर कँडेलले खरेलले अभियानको अलावा नयाँ पार्टी जन्माउन खोजेको हो भनेपनि त्योपनि नेपालको लागि प्रत्युपादक हुने भविष्यवाणी गरे । उनले भने,‘म त सन् २०१६ देखि नै नेपालमा पूरानै दल र ती दलका स्थापित नेताहरुबाट नै यो देशको विकास र समृद्धि हाँसिल गर्न सकिन्छ भनेर बोल्ने व्यक्ति हुँ, आजपनि मेरो त्यही अडान कायमै छ ।’
कँडेलले आफूले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा स्थापित् भएको नयाँ शक्ति, पार्टी, रविन्द्र मिश्रको नेतृत्वमा खोलिएको साझा पार्टी लगायतका नयाँ पार्टीको बारेमा पनि यस्तै खाले टिप्पणी गरेको स्मरण गराए । उनले भने,‘नेपालमा नयाँ शक्तिलगायतका साना दलहरु नेपाल र नेपालीको भविष्य कोर्न नसक्ने दल हुन्, र तिनीहरुलाई निस्तेज गरेर छाड्नेबारे मैले तत्कालिन समयदेखि नै उद्घोष गर्दै आएको छु, आज उहाँहरुको स्थान् कहाँ छ भन्ने कुरामा यहाँहरु सबै जानकार हुनुहुन्छ ।’
यदि रमेश खरेलले सक्रिय राजनीति गर्न चाहेको हो भने पूरानै स्थापित् राजनीतिक दल अर्थात नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राजपा नेपाल र समाजवादी पार्टीमध्ये एकमा गएर आफ्नो राजनीतिक भविष्य खोज्नुपर्ने कँडेलको सुझाव छ ।
उनले भने,‘उहाँले यो बाटो समात्दा नै उहाँको हित हुन्छ । यही नै उहाँको लागि सबैभन्दा छिटो बाटो हुनेछ । बरु, उहाँले ती पार्टीभित्र प्रवेश गरेर त्यहाँ रहेका विकृति, विसंगतिको बारेमा उजागर गर्नुपर्यो ।’
उनले रमेश खरेललगायत अरु अभियन्ताहरु पनि पूरानै दलमा प्रवेश गरेर देश निर्माणको अभियानमा अघि बढ्नु नै देश र जनताको हितमा हुने ठोकुवा गरे । उनले भने,‘अहिले रमेश खरेलजी, म उहाँलाई अत्यन्तै सम्मान गर्छु, उहाँहरुले खोलेकोजस्तो अभियानले त देशको राजनीतिक अवस्थामा केही हलचल त ल्याउला, तर यस्तो अभियानले देशको लागि कुनै सकारात्मक काम वा नतिजा देखाउन भन्ने सक्दैन् । म यो कुरामा पहिलेदेखि नै स्पष्ट छु ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४