काठमाडौँ । कारोनाका कारण भारतमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । भारतिय सञ्चारमाध्यमका अनुसार कोरोनाका कारण भारतको राजधानी दिल्ली नजिकै एक महिलाको मृत्यु भएको हो । मृत्यु भएकी ६८ वर्षकी उक्त महिलामा पहिले देखि नै मधुमेह र उच्च रक्तचापको समस्या रहेको बताइएको छ ।
यसअघि मंगलबार कर्नाटक, कालाबुर्गीका ७६ वर्षका एक पुरुषको कोरोनाकै कारण मृत्यु भएको थियो । शनिबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ८२ पुगेको जनाइएको छ ।