Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जीता बराल दोषी भए हामी आफैं मुद्दा हाल्छौँः शाही


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ३० २०७६
  • 3.7K
    SHARES

काठमाडौं । नर्स बनाउनको लागि घुस लिएको भनेर सामाजिक सञ्जालमा भाईरल भएको प्रकरणमाथि भ्रष्टाचारविरुद्वका अभियन्ता ज्ञानेन्द्र शाहीले उक्त काण्डमा मुछिएकी जीता बराल दोषी भए आफूहरुले नै उनीविरुद्ध मुद्दा हाल्ने टिप्पणी गरेका छन् । तर, उनले यो प्रकरण बराल दोषी वा निर्दोष के हो ? भन्नेबारे प्रहरी प्रशासनले अनुशन्धान तथा छानबिन गर्नुपर्ने र सत्यतथ्य बाहिर ल्याउनुपर्ने धारणा राखे ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको अयाोजना गरेर शाहीले नर्सिङ काउन्सिलकी सदस्य समेत रहेकी बराल आफूहरुको अभियानकी जिम्मेवार व्यक्ति भएको उल्लेख गर्दै उनीमाथि लागेको आरोप सत्य प्रमाणित भए कारबाहीको लागि आफूहरुले नै मुद्दा दर्ता गराउने पनि स्पष्ट पारे । उनले भने,‘यदि उहाँ यो प्रकरणमा दोषी भेटिए उहाँलाई पहिलो मुद्दा दर्ता पनि हामी नै गर्छौं, जीता बराल दोषी हुन् भने हामी उनलाई संरक्षण गर्दैनौ, हामी अरु पार्टीजस्तो होईन । पहिलो मुद्दा हामीले नै हाल्छौँ ।’
उक्त प्रकरणमा देखिएको फेसबुक मेसेन्जरको संवाद पनि ‘फेक–आइडी’ बाट भएको शाहीको स्पष्टोक्ति थियो । ‘संवादमा पैसा पठाएको भनेर प्रेषित आई.एम.ई नम्बरको मैले ट्रयाक गरेको थिएँ, त्यो छानबिन गर्दा फेक नम्बर भएको पाईयो, जीता बराल आँफैंले त्यो कुरा गलत हो भनेर नै आजमात्रै काठमाडौं प्रहरी परिसर टेकुमा गएर मुद्दा दर्ता गराउनुभएको छ, उहाँले दर्ता गराएको मुद्दा नम्बर १९२९ हो ।’
‘फेक–आईडी’ बनाएर घुस लिने व्यक्ति (पश्कल रोकाय) लाई छानबिन गरी तत्काल कानूनी कारवाही हुनुपर्ने भन्दै यसबारेमा पनि उनले सरकारको ध्यानाकार्षण गराए ।
६० अर्बको एनसेल काण्ड र नागरिकता बेचबिखन गर्ने समूहलाई समेत आफूहरुले यसअघिनै पर्दाफास गराईसकेको बताउँदै शाहीले भ्रष्टाचारविरुद्ध आन्दोलन गर्दा र आवाज उठाउँदा आफूमाथि तीनपटक भौतिक हमलासमेत भएको स्मरण गराए । सरकारले च्याउ फलाएजस्तै भ्रष्टाचारविरोधी अभियानमा विभिन्न संगठन खडा गरेर सरकारले ब्रम्हलुट मचाएको समेत उनको आरोप छ । उनले भने,‘अर्थतन्त्र बलियो बनाउन भ्रष्टाचार अन्त्य गर्न जरुरी छ । र, भ्रष्टाचार अन्त्य गर्न नागरिक जागरुक हुन जरुरी छ । हाम्रो अभियान भ्रष्टाचारीलाई संरक्षण गर्ने हैन् ।’
उनले वर्तमान सरकारलाई दलालको संज्ञा दिएका छन् । ‘यो सरकारले प्रतिपक्षी दललाई समेत मिलाएको छ । दुवै मिलेर अहिले देशमा ब्रम्हलुट मच्चाएका छन् । उनीहरुले मिलेर भ्रष्टाचार गरिरहेका छन् ।’–शाहीले थपे ।
यो प्रकरणमा जीता बरालको नाममा नक्कली फेशबुक आईडी बनाएर यस्तो प्रपञ्च रच्ने पास्कल रोकाया नामका व्यक्तिले धेरै अघिदेखि ठगी गर्दै आएकोसमेत शाहीले खुलासा गरे । ‘प्रहरीले तत्कालै उनलाई कारवाही नगरे हामी आफ्ै ठगी गर्ने व्यक्ति रोकायालाई समातेर प्रहरीसमक्ष लैजान्छौं ।’–शाहीको उद्घोष थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४