Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना भाइरसः अमेरिकाको वासिङ्टनमा थप चार जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २० २०७६
  • 6.8K
    SHARES

एजेन्सी । संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ ।
कोभिड–१९ बाट अमेरिकामा ज्यान गुमाउने यी पहिलो केसहरु हुन् । संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत्कालको घोषणा गरिसकेको छ ।
ज्यना गुमाउने ६ मध्ये पाँच जना किङ्ग काउन्टीका रहेका छन् । सो क्षेत्रमा हालसम्म १८ जनामा यस रोगको संक्रमण देखिएको छ । यसको संक्रमण अझै फैलन सक्ने त्रास फैलिएको छ ।
वासिङ्टनमा भएका पहिलो दुई मृत्युको अनुसन्धान गरिरहेका विज्ञहरुले हप्तौँदेखि भाइरस फैलिरहेको हुनसक्ने र यसबाट १५ सयभन्दा बढी प्रभावित भइरसकेको हुनुपर्ने अनुमान गरेका छन् ।
वासिङ्टनको स्वास्थ्य अधिकारी केथी लोफीका अनुसार अहिले वासिङ्टनका दुई काउन्टी किङ र स्नोहोमिसमा भाइरसको संक्रमण ‘सक्रिय’ रुपमा फैलिरहेको देखिएको छ । अन्य ठाउँमा पनि भाइरसको संक्रमण फैलिरहेको हुनसक्ने उनले बताएकी छन् ।
किङ्ग काउन्टीमा देखिएका १४ मध्ये ८ र चार मृत्यु एउटा केयर सेन्टरसँग सम्बध रहेको छ । मृत्यु हुने सबै बृद्ध र पहिल्यै स्वास्थमा समस्या रहेकाहरु छन् ।
कोरोनाभाइरसको संक्रमण भएका रोगीहरुलाई आइसोलेसनमा राख्न त्यहाँ एउटा होटल नै किन्ने तयारी भइरहेको छ ।
यो हप्ता अमेरिकामा तीव्र रुपमा कोरोनाभाइरसका रोगीहरुको सङ्ख्या बढेको छ । अहिलेसम्म देशमा आधिकारिकरुपमा ९१ जनामा यसको संक्रमण देखिएको छ ।
वासिङ्टन, क्यालिफोर्निया र ओरेगनमा कोरानाप्रभावित क्षेत्रमा यात्रा नगरेका र त्यस्तो क्षेत्रमा यात्रा गरेर आएकाहरुसँग सम्पर्कमा नरहेकामा पनि कोरोनाभाइरसको संक्रमण देखिएपछि स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४